
गौरादह ९ बैगुन्धुरा साबिक ३ झमक चोक निबासी राम हस्दा ( ढेबे) को ४ दिन देखि बाटो मा रोकेर राखिएको पानी बोक्ने ट्रकसग ठोक्किएर मुर्त्यु भएको छ।
शनिबार बेलुका करिब ७.३० साँझ मा गौरादह – बैगुनधुरा सडकखण्डमा बिग्रिएर राखिएको ट्यांकरमा मोटरसाइकल ठोक्किदा स्थानीय राम हस्दाको घटनास्थलमै मृत्यु भएको हो। अन्दाजी ३८ वर्षका हस्दा मोटरसाइकलमा सवार थिए।
उनको मृत्युको कारक ट्राफिक प्रहरीलाई मानिएको छ। चारदिन देखि बीच सडकमै रहेको ट्यांकरलाई ट्राफिकले अनदेखा गर्दा दुर्घटना निम्तिएको बताइएको छ।
दुर्घटनामा मृत्यु भएका हस्दा स्थानीय एक फर्निचरका कामदार हुन्। काम सकेर साँझ मोटरसाइकलमा घर फिर्दा उनी ट्यांकरमा ठोक्किन पुगेका हुन्।
`ट्राफिक प्रहरीको सक्रियता नभएको होइन´ एक स्थानीयले भने – तर, दुर्घटना नियन्त्रणमा नभइ असुलउपरमा पो सक्रियता रहेछ।
दुर्घटनामा परी मृत्युु भएका हस्दा सवार मे २ प २४७९ नम्बरको सुपरस्पिलेन्डर मोटरसाइकल क्षतिग्रस्त अवस्थामा छ ।
अहिले सम्म शब नउठेको र पिडित ले अन्दोलन गरि रहेको एक स्थानियले बताएका छन।