jQuery(document).ready(function($){ //
});

चार दिवसीय गणगौर पूजा महोत्सव विराटनगरमा सुरु भएको छ । विराटनगरस्थित अतिथि सदनमा गणगौर पूजा महोत्सव सुरु भएको हो ।
महोत्सवको अध्यक्षता नन्दकिशोर राठीले गरेका थिए । नेपाल मारवाडी गणगौर पूजा समितिद्वारा आयोजित ३५ औं गणगौर पूजा कार्यक्रममा विशिष्ट महिला सम्मान्, फेन्सी प्रतियोगिता, मारवाडी नृत्य पनि रहेको छ ।
कार्यक्रमको प्रमुख अतिथि प्रदेश १ का भूमि व्यवस्था सहकारी मन्त्री ओमप्रकाश सरावगी, समितिका संस्थापक अध्यक्ष मूलचन्द्र तापडि़या, निवर्तमान अध्यक्ष लक्ष्मण नेवोटिया, रचना राठी, अनिता अटललगायतको सहभागिता रहेको थियो ।

प्रतियोगिताको निर्णायकहरूमा दिपिका बोथरा, सतोंष लखोटिया र ज्योति कोठारी रहेका छन् ।
कार्यक्रममको मुख्य संयोजक निधि राठी, सह–संयोजक रेणु तोदी संचालिका श्वेता शर्मा र उमा चौधरी थिए । पार्वती शर्मा, शितल बाहेती, प्रेम दुगड़, ललिता जाजु, अमिता पेड़ीवाल,पुष्पा लोढा, दीप्ति राठोर, मिलन नौलखाको नेतृत्वमा करिब ६ सय ५० जनाको उपस्थिति रहेको थियो ।

चिकित्सा क्षेत्रमा योगदान पु¥याउने श्वेता सोमानी, नितिका संथालिया, शिवानी अग्रवाल, योग प्रशिक्षक मतिकुमारी तामाङ, समाजसेवी जयश्री जाजू , शिक्षा क्षेत्रमा सिमरन अग्रवाल बृन्दा राठी, भाग्यश्री लोहिया, साहित्य क्षेत्रमा लक्ष्मी चौधरी सम्मानित भए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय