jQuery(document).ready(function($){ //
});
✍️ आत्माज्ञान गुरु

२०७९ अचम्म अनि डरलाग्दो साल बन्ने छ भने सन २०२२ को अर्ध फल बाकी नै रहेको यो साल संसारको कायापल्ट गर्ने साल बन्ने छ । विश्व बजारले जेष्ठ महिना देखि आर्थिकमन्दी भोग्न थाल्ने छ भने मैले धेरै पल्ट भने अनुसार क्राईसिस लाग्ने अवस्था आउनेछ। यो शनि को राज्यको साल हो जहाँ शनि राजा अनि गुरु बृहस्पति मन्त्री भएर बर्षफल दिनेछन।

यति बेलानै सबै भन्दा आश्चर्यजनक घटना हुन सक्छन जस्तै प्राचीन लोप भएको जनवार को कुनै प्रजाती देखिन सक्छ भने यतिबेला नै गोप्य कुरा तारा मण्डल र बिज्ञानले खोजेका रहस्य पत्ता लाग्न सक्छ। २०७९को पुस ,माघ निकै घातक देखिनेछ भने आउने बर्षमा भुमरी जसरी धेरै देशका नीति र शासन परिवर्तन गराउनु साथै नियम कानुन बद्लिनेछ।

RAWA Hills Town Property

RAWA Hills Town Property

यो साल कर्मचारी तन्त्र को वा कर्मचारीहरुको साल रहेको छ जस्मा कर्मचारीहरुले आन्दोलन गर्नेछन भने धेरै बिस्फोट पनि हुनसक्छ। राज्यमा यहि बेला बलजफ्ती , निरंकुशता को जस्तो अवस्था लागू पनि हुनसक्छ भने देशमा धार्मिक क्रान्ती पनि हुन्छ। यो साल तल्लो बर्ग , जात , पेसा लगायत शोषित बर्गले आफ्नो लागि न्यायिक कानुन पाउनुका साथै बिरोधका अनेक आवाज गुन्जिनेछ।

यो साल पनि भदौ पछिको समय आउने सरकारलाई कष्ट हुने देखिन्छ। यो साल सेयर मार्केटमा सकेसम्म उर्जा को श्रोतमा लगानी गर्दा राम्रो देखिन्छ भने खानीहरु को लागि पनि राम्रो हुनेछ। विध्या , बुद्धि र ज्ञान को उदय र प्रकाशमय यो सालमा बिज्ञान को चमत्कार रुपि खोज को र प्रकृति को गर्वमा रहेको रहस्य पत्ता लाग्ने देखिएकोछ भने बेरोजगारी को अवस्थाले ग्रस्त बनाउछ ।यो साल अन्तर युगमा भएका अर्थात अर्कै सन्सारमा रहेकाहरु संग बिज्ञानको पहुछ पुग्नेछ।यो साल नेपालमा भने धेरै जसो महिलाहरुमा पाठेघर यानी गर्वासयको बिराम देखापर्नेछ भने पुरुषहरुमा मस्तिष्क घात वा डिप्रेसन हुने खतरा छ ।

यो साल निकै बिषादि फैलिनाले बिषादीबाट जिवजन्तु तथा मनुषयको ठूलो संख्यामा मृत्यु सम्म हुन सक्छ।पाचन लाई निकै असर गर्न यो साल मिलावत अर्थात मिसावत र नक्कली सामाग्रीको तस्करी निकै बद्छ ।यो साल असोज महिनामा असहज माहोल बन्न सक्ने देखिन्छ भने असोज महिनामा कुनै ग्रहहरु को सिमित दुरी कायम रहदा यस्ले पृथ्वीमा हलचल गराउछ। यो साल २०७९ अंक गणितका हिसाब ले २+०+७+९ = १८ = १+८ =९ यानी जस्को अर्थ पूर्ण मानिएको छ भने ९ अंक भनेको भाव अवस्थामा भाग्य र राशी अवस्थामा मंगल् ग्रहको प्रतिनिधित्व गर्दछ यस्को मतलब आउने सालमा पनि मंगलको भूमिका एक्दम अहम हुन्छ भने मंगल ग्रहको बारेमा केही तथ्य बाहिरिनेछ।

यो आउदो साल ले विश्व जगतलाई नै प्राचीन अवस्थाको बारेमा निकै खोजी गर्न र तत्त्व बोध गराउने छ भने न्यूजिल्याण्ड , अष्ट्रेलिया , क्यानेडा , फ्रान्स , डेनमार्क , स्विडेन लगायत केही मुलुकमा अधकारमय तुफान देखिन सक्छ। यो साल अन्तरास्ट्रिय मुद्राको मूल्यमा निकै ठूलो हेरफेर हुने पनि देखिन्छ ।यो२०७९ सालमा धार्मिक गुरुहरु र धर्म संग सम्बन्धित धेरै ब्यक्तीलाई कानुन र राजनितीले खिच्छ भने धर्म संग समबन्धित केही कानुनहरु बनिनेछन |

नेपालमा असोज पछि बित्तिय संस्था सम्बन्धी अलग नियम र अबधारणाले धेरै जसो लाई चपेटामा पार्ने छ । नेपालमा २०७९ मा औसत भन्दा आत्माहत्याको संख्या वृद्धि हुन सक्ने देखिन्छ भने मानिसहरुमा निराशिन्ता को अवस्था देखिनेछ । यो साल चुनावि माहोल भएता पनि पूर्णरुपले देशमा सफल हुदैन।किन भने शनि ले राज्यसत्ता लिदै गर्दा केही कुराहरुमा समय बिलम्ब गराईदिन्छ।

बृहस्पति मन्त्री भएको यो साल एक्दमै महँगो साबित हुनेछ भने शनीको झल्को ले गर्दा फेरीपनी जातित्वको लडाई वा मधेश र पहाड को सम्बन्धमा चिसोपन ल्याउन सक्नेछ।२०७९ को एक अन्तरालमा देशमा बिदेशी मन्त्रीहरुको निकै चहलपहल देखिनेछ भने आउने साल २०७९मा ऋणदाताले समेत पत्रचार गर्नेछन। बिलम्बको यो साल हरेक योजना र कार्यमा धिलाई हुनेछ भने यो साल शनीले सुर्यलाई पनि निकै असर गर्ने देखिएको छ ।

यो साल धेरै जसो सम्बन्धका बिषयमा घटना आउनेछन यो साल मिडियाका साउजीहरुले पनि राम्रो सम्पत्तिजोडेको खबर सुन्न पाईनेछ। २०७९ सालको सबै भन्दा रोचक कुरा यो सालमा हराएको कुराहरु फिर्ता हुने सम्भावना छ भने देशको शासन नितिमा परिवर्तन पनि आउँछ। यो साल नेपालले ठूला ठूला महत्त्वपूर्ण सन्धी गर्नेछ भने केही दिर्गकालिन अवसर गुमाउनेछ।

राजनीतिक रोमान्चक कुरा त यो साल अहिले सम्मकै सबै भन्दा धेरै स्वतन्त्र उम्मेदवार बन्नेछन भने यो साल प्रहरी लाई निकै गारो साल हो कानुन लाई हेर्ने शनि को राज बर्षमा प्रहरीको ज्यादती सहनु पर्ने माहोल बन्नसक्छ भने प्रहरी तथा सुरक्षा नितिमा बिभाग पनि थपिनेछ। यो सालमा जिम्मेवारी पाउनेहरु लाई निकै समय सम्म दाग लाग्न सक्छ भने यो समय तल्लो बर्गका लागि क्रान्तिकारी समय रहेको छ जस्को कारण बित्पन्न बर्गहरुले भरपुर फाईदा उठाउन पाउनेछन ।

२०७९ लाई समग्र हर्नु पर्दा नेपाल र यस्का छिमेकी मुलुक को अवस्था खासै राम्रो भने देखिने छैन चर्को मूल्यबृदी , खनिज अभाव , कालोबजारी , भ्रष्टाचार खुलेआम हुने यो साल नयाँ नयाँ गुण्डाहरुको नयाँ नयाँ डनहरुको उत्पत्ति पनि हुन्छ।

२०७९ को सुरुवाती गोचरमा शनि धन स्थानमा देखिन्छ भने बृहस्पति को लग्न रहन्छ जस्को कारण प्रथम अन्तरालमा धार्मिक स्थानमा पैसा लुकाईएको भेटिन्छ अर्थात धार्मिक स्थान वा ब्यक्तीहरुले वा त्यस्ता को सहयोगले ठूलो अनियमितता गरेको पाईन्छ । पैसा र सम्पत्ती संग सम्बन्धित नयाँ कानुन सम्म बन्न सक्छ।

यो सालबाट नेपाल ले भारतको धेरै कुरा हु बहु नकल गर्नछ खास नियम नीति ।यो साल बृहस्पति १२औ राशी अर्थात मिनमा जाँदै गर्दा शनि पनि ११ मा जान्छ शनि को राज्य अवस्थालाई लग्न मान्ने हो भने बृहस्पति धन स्थानमा पुग्छ जस्को कारण सम्पत्ति जोड्न यो भन्दा राम्रो समय अरु कमै हुनेछ। यो साल सकेसम्म बिधुत , ईन्धन , उर्जा , जमिनमा लगानी हाले ७ पुस्तालाई मुनाफा मिल्नेछ। पृथ्वी रित्याउने यो साल हेर्दै जाऔ के के रित्तिने के के सक्किने छ । यो साल प्रबिधि , पन्छी , पूजापाठ , प्राप्ती र प्रहरीको साल हो ।

यो सालले सबै लाई ठूलै पाठ सिकाउनेवाला छ तयार हुनुहोला । धन्यवाद !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय