
आगामी बैशाख २ गतेदेखि झापाको भद्रपुर विमानस्थल चन्द्रगढीबाट पोखराका लागि सिधा उडान हुने भएको छ।
नेपालको निजी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले झापादेखि पोखरा नियमित उडान गर्ने भएको हो।
बुद्ध एयरले जारी गरेको सूचना अनुसार भद्रपुर-पोखरा उडानको शुरुवाती भाडादर ६ हजार ९ सय रुपैयाँ रहेको छ।
कम्पनीका अनुसार पोखराबाट भद्रपुर दिउँसो १: २५ मा जहाज उड्नेछ। भद्रपुरबाट सोही जहाज पोखराका लागि दिउँसो ३ बजे उड्नेछ।
सीमापारी सिलिगुडी, दार्जिलिङ, सिक्किमबाट पनि पर्यटकलाई पोखरा पुग्न सहज हुने बुद्ध एयरले जनाएको छ।