jQuery(document).ready(function($){ //
});

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युवा सङ्घ नेपालले आयोजना गरेको लघु चलचित्र निर्माणसम्बन्धी कार्यक्रमलाई आज सम्बोधन गर्दै हुनुहुन्छ ।

चाबहिलस्थित चलचित्र बोर्डको कार्यालयमा अपराह्न ४ः०० बजे अध्यक्ष ओलीले लघु चलचित्र निर्माणसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्ने हुनुभएको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

युवा सङ्घले युवालाई उत्प्रेरणा जगाउने खालका लघु चलचित्र निर्माण गर्ने प्रतियोगिता आयोजना गरेको र आज ग्राण्ड फिनाले भएकाले अध्यक्ष ओलीले सम्बोधन गर्ने भएको सङ्घका सचिवालय सदस्य दुष्यान्त दाहालले बताउनुभयो ।

उहाँका अनुसार उत्कृष्ट लघु चलचित्रहरू छनोट भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय