
नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग नेपाल(वाइसीएल)को ऎतिहासिक दमकको नगर सम्मेलन आज दमक पार्टी कार्यलय बालुवाटारमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको संचालन डम्बर बोराले गरेका थिए भने कार्यक्रमको अध्यक्षता वाइसीएल दमक नगर संयोजक निशान मगर,प्रमुख अतिथि नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य रन्जित तामाङ,विशेष अतिथि प्रदेश उपाध्यक्ष बिजय साम्पाङ, वाइसीएल प्रदेश १ अध्यक्ष कर्म पुलामी प्रदेश न.१ कोषाध्यक्ष गगन पुरी,प्रदेश सदस्य बिरेन्द्र बस्नेत,दुर्गा चौलागाइ, अतिथी वाइसीएल प्रदेश सदस्य डेबिट शाही,सन्त रोका,प्रेम ल्घोन,सन्तोष चाम्लिङ,बुद्धिजीवी संगठन प्रदेश अध्यक्ष राधिका ओझा,प्रदेश सदस्य भुमिका कोइराला ,सन्तोष गौतम,दमक इन्चार्ज बेदु गौतम,दमक सहइन्चार्ज शंकर बस्नेत,दमक नगर अध्यक्ष रबि बस्नेत,दमक उपाध्यक्ष रुक्सा लिम्बू,कृष्ण गुरेन,दमक नगर सह सचिब खेम अधिकारी,प्रदेश सल्लाहकार प्रेम बिमली रहेका थिए ।
कार्यक्रम प्रमुख अतिथि तामाङले ब्यानर पढेर उटघाटन गर्नु भएको थियो।त्यसतै स्वागत मन्तब्य बिकि शंकरले गर्नु भएको थियो।
रातो भेस्ट लगाएको युवाहरु देख्दा मलाइ लाल सेनाहरु(जनयुद्धको दिन)को याद आएको राधिका ओझाले बताए।
पुर्ब मेची देखि पश्चिम महाकालीसम्मका जनताहरु माओवादीको पक्षमा देख्दा अब देश माओबादीमय भएको बताएका छन।
जनयुद्धको उदघोष गर्ने यस्तै युवाहरु थिए अहिले सम्झिन्छु म त्यसबेलाको युवा प्रचण्ड, बेदु गौतमले बताए।युवाहरूको महत्त्वपूर्ण भुमिका रहेको छ यो पार्टीमा त्यसैले म हार्दिक आग्रह गर्न चाहन्छु युवाहरुको ढुकढुकी बनाउनुहुनेछ भन्ने आशा समेत गरेको गौतमले बताए।
वाइसीएल हुन मापदण्ड पूरा गर्नु पर्छ त्यति सहज छैन।केही युवाहरू बाकसमा फर्किरहेको देखेका छौ।कुनै पनि युवाको लास बाकसमा बेहेरिएर फर्किनु हुदैन त्यसैको लागि वाइसीएल आवश्यकता रहेको प्रदेश कोषाध्यक्ष गगन पुरिले बताए।
आफ्नो आमाको घाँटी रेट्ने केपि ओली फेरि भोट माग्न आउदैछ बोइलर कुखरा अगाडि सारेर होसियार रहन पुरिले आवाहान गरेका थिए।
उनले थप्दै भने भ्यु टावर हामीलाई अहिले हैन ५० बर्ष पछाडि आवश्यक छ। त्यसैले दमकको भ्यु टावरलाई माओबादी केन्द्रले अब स्थानिय चुनाबमा जितेर स्तरीय सरकारी अस्पतालको रुपमा निर्माण गर्ने पुरिले बताए।
अमूल परिवर्तन र समृद्धशिल दमक निर्माणको लागी वाइसीएल आजै देखि सशक्त रुपमा चुनाबमा होमिन निर्देशन वाइसीएल प्रदेश न.०१ अध्यक्ष कर्म पुलामीले बताए।
साइबर युनिट निर्माण गरेको छौ।अब तपाईंहरु त्यसको सदस्य हुने कि नहुने भन्ने तपाइहरुको कुरा हो।अब झापामा झापाको माओबादीले के गर्यो भनेर दार्चुलाको मओबादीले थाहा पाउने पुलामीले बताए।
पार्टीलाई जिताउन सकिने ,दरिलो बलियो नेतालाइ वाइसीएल दमकले चुन्नेछ भन्ने बिश्वास गरेको छु।जब वाइसीएल बलियो हुन्छ तब पार्टी बलियो बन्छ। पार्टीको उतारधिकारी भनेको वाइसीएल हो।त्यसैले वाइसीएल बलियो बनाउनुपर्छ।केपि ओलिलाइ ०६४ सालको चुनाबमा चुनाबी सभा गर्न नदिने।ओलि राजाकोे पछ्याटे हो भनेर खेद्ने यहि वाइसीएल हो।पार्टी भनेको दिमाग हो वाइसीएल भनेक मुटु हो।वाइसीएल जिम्मेवार हुनुपर्छ।वाइसीएल जनताको संकटको साराथी बन्नुपर्ने नेकपा माओबादी केन्द्रको केन्द्रिय सदस्य रन्जित तामाङले बताए।
उनले थप्दै भने जब कोहि आइ लाग्यो भने मात्र जाइलाग्छ वाइसीएल।हामीले बिकासको कुरा गरेको छौ समृद्धको कुरा गरेको छौ,सुशासनको कुरा गरेका छौ।तर हामिले केपि ओलिको जस्तो कार्यकर्ता पोस्ने समृद्ध,बिकास भनेको हैन।
वाइसीएल चुनाब जित्ने साधन मात्र हैन भोलि पार्टी एक नम्बर भयो भने यसको योद्धाहरुले फल पाउने तामाङले बताए ।
आज हामी कम्जोर भएको छौ।हामी पछाडि परेको छौ तर सधै यस्तो नहुने समेत उनले बताए।
योङ कम्युनिस्ट लिग नेपाल वाइसीएलको नव निवार्चित दमक नगर कमिटी:-
अध्यक्ष निशान मगर,उपाध्यक्ष बिक्रम शंकर ,अनिल मगर,आकाश धिमाल,सचिब जोन बुढाथोकी ,सह सचिब केशब नेपाली,बाल कुमार तामाङ,कोषाध्यक्ष प्रेरणा राइ,सदस्यहरु श्याम तामङ,राजु कुमाल,रेवत धिमाल ,दिपेश दुलाल,प्रकाश लावती ,शेर ब मगर,भक्त ब मगर,बिकास कुवार,मनोज बस्नेत ,देब धिमाल ,सन्दिप दर्जी,सोनु मण्डल ,निरज चापागाईं,अनिल श्रेष्ठ,सुसन गौतम,नवीन चन्द्र राई,दिलिप सुनुवार,अमन लावती,सुजन लिम्बू,सबिन लिम्बू,निकेस पौडेल ,सुरज उराउ,वसन्त थापा,बिजय धिमाल,केशब लिम्बू,दिपेन्द्र धिमाल ,दिपक क्षेत्री सहित ५५ सदस्य रहेका छन।