
नेपाल आयल निगमले स्वचालित मूल्य प्रणाली लागू गरेर परल मूल्यमा इन्धनको बिक्रि गर्ने तयारी थालेको हो ।
परल मूल्य लागू हुँदा भारतबाट बिहिबार आएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य १८२ रुपैयाँ पुग्ने छ । डिजेलको भाउ १७० रुपैयाँभन्दा केही माथि जानेछ ।
परल मूल्य अनुसार खाना पकाउने एलपी ग्यासको मूल्य २५ सय २८ रुपैयाँ ६६ पैसा पुग्नेछ ।
अहिले पेट्रोलको भाउ १५५ रुपैयाँ, डिजेलको भाउ प्रतिलिटर १३८ रुपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १५ सय ७५ रुपैयाँ छ ।
महँगोमा खरिद गरेर सस्तोमा बिक्रि गर्नुपर्दा निगमले ठूलो घाटा ब्यहोरिरहेको भन्दै परल मूल्यमा बिक्रि गर्न नयाँ सुत्र निगमले अघि सारेको हो । पेट्रोलियम पदार्थ भारतबाट खरिद गर्दा र कर तथा अन्य राजश्व तिर्दा जति पर्छ त्यतिमै बिक्रि गर्ने गृहकार्यमा निगम जुटेको हो ।