jQuery(document).ready(function($){ //
});

बुटवल,२२ चैत ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष खड्क प्रसाद ओलीले प्रथम शहीद लखन थापा बारे दिएको बिवादास्पद अभिव्यक्ति फिर्ता नलिए प्रतिवादमा उत्रिने मगर संघले चेतावनी दिएको छ ।
उनको अभिव्यक्तिलाई लिएर देशैभर विरोध भइरहँदा नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीले पनि बिराेध जनाएको छ ।
संघले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि राज्यले प्रथम सहिदको रूपमा घाेषणा गरिसकेको अवस्थामा पुर्व प्रधानमन्त्री जस्तो जिम्मेवार ब्यक्तिले लखन थापा प्रथम सहिद हाेइनन् भनी अभिब्यक्ति दिनु लखन थापा मात्रै नभएर समग्र सहिदहरूमाथिकै अपमान भएको जनाएको हो ।
बिवादास्पद अभिब्यक्ति तत्काल फिर्ता लिन माग गर्दै उक्त अभिब्यक्ति फिर्ता नलिए प्रतिवादमा उत्रिने चेतावनी दिएको छ । ।

साेहि कार्यक्रममा बाेल्दै संघका केन्द्रिय भाषिक उपाध्यक्ष दलबहादुर बिरकट्टा मगरले पुर्व प्रधानमन्त्री ओलीकाे अभिब्यक्ति षड्यन्त्रपुर्ण रहेको टिप्पणी गरे ।

RAWA Hills Town Property

RAWA Hills Town Property

पुर्व प्रधानमन्त्री ओलीकाे अभिब्यक्ति जातीय संकिर्णताकाे पराकाष्ठा भएको भन्दै उनलेे अभिब्यक्तिमा भारतीय जनता पार्टीको थिंक ट्याङ्क आर एस एसकाे षड्यन्त्र हुनसक्ने आशंका ब्यक्त गरे ।
एउटा कम्युनिस्ट पार्टीको अध्यक्ष जस्तो ब्यक्तिले जातीय संकिर्णता देखाउनु आफैमा हास्यास्पद भएको भन्दै उपाध्यक्ष बिरकट्टा मगरले ओलीले उक्त अभिब्यक्ति फिर्ता नलिए ससक्त प्रतिवादमा उत्रिने चेतावनी दिए । प्रथम सहिदको नाममा हुलाक टिकटसमेत निकालिसकेको अवस्थामा एमाले अध्यक्ष ओलीले कपोकल्पित र तथ्यहीन अभिव्यक्ति दिई सिङ्गो मगर समुदायको मात्र नभई आम नेपाली जनताको परिवर्तनको आन्दोलनलाई खिल्ली उडाउन खोजेको उनको भनाइ थियो ।
राज्यले अध्ययन अनुसन्धान गरेर तथ्य र प्रमाणका आधारमा सहिद घाेषणा गरिसकेकाे बिषयलाई बिना तथ्य र आधार बिना लखन थापालाई ओलिले प्रथम सहिद हाेइनन् भन्नुकाे तात्तपर्य के हाे भन्ने प्रश्न गर्दै उनलेे लखन थापा नेपालकाे प्रथम सहिद हैनन भनेर घाेषणा गर्ने केपी ओली ज्यु तपाईलाई कतै मानसिक राेग त लागेको छैन भनी टिप्पणी गरे ।

ओलीले आफ्नो अभिव्यक्ति फिर्ता नलिए नेपाल मगर संघको आसन्न केन्द्रीय महाधिवेशनबाट चरणबद्ध आन्दोलन घोषणा गर्ने उनको चेतावनी छ ।
पटकपटक प्रधानमन्त्री भइसकेका व्यक्तिबाट गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आउनु खेदजनक रहेको भन्दै मगरले बाकाबीरको बिषयमा तथ्य पेश गर्न समेत चुनाैती समेत दिए । ओलीको अभिव्यक्ति स्वंयम् आफ्नाे बुद्धि बिबेकले नभई सुनियोजित र षड्यन्त्रपूर्ण रहेको उनको आशंका छ ।

पत्रकार सम्मेलनमा संघका जिल्ला अध्यक्ष आनबहादुर सोती,उपाध्यक्ष राधिका श्रीस
सचिव थर्कबहादुर बाह्रघरे, लगायतका वक्ताहरुले बाेल्दै सहिद लखन थापाकाे ईतिहास लाई सम्झिदै पुर्वप्रधानमन्त्रीकाे अभिव्यक्तिले सिङ्गाे मगर समुदायलाइ चाेट परेकाे र सबै सहिदहरु प्रति अपान गरेकाे भन्दै ओलीको अभिव्यक्तिले संविधानप्रदत राज्यले गरेको निर्णय प्रतिको ठाडो चुनौती र बर्खिलाप भएको धारणा राखे ।

एकतन्त्रीय जहाँनीया राणा शासनका विरुद्ध आवाज उठाउँदै नागरिक स्वतन्त्रताका लागि जनविद्रोहको सुरुवात गरेको आरोपमा नेपालका प्रथम शहीद लखन थापामगरलाई तत्कालिन प्रधानमन्त्री श्री ३ जंग बहादुर राणाद्वारा वि.सं. १९३३ साल फागुन २ गते गोरखा जिल्लाको बुङ्कोटमा खिर्राको रुखमा झुन्ड्याएर मृत्युदण्ड दिइएको थियो ।

नेकपा एमालेका अध्यक्ष खड्क प्रसाद ओलीले चैत्र १८ गते काठमाडौं स्थित एक कार्यक्रममा नेपालका प्रथम शहीद लखन थापामगर नभई अछामका बलदेव शाही उर्फ बाँकावीर हुन् भन्ने अभिव्यक्ति दिएपछि अहिले उनी विवादमा तानिएका छन् ।

ओलीकाे उक्त अभिब्यक्तिकाे बिराेधमा साेमबार रूपन्देहीको मणिग्राममा उनको पुतला दहन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय