
।।भोजराज घिमिरे ।।मोरङ ।।
बिराटनगर महानगरपालिकाको सहयोग र अम्बे मुरारी सेवा केन्द्र बिराटनगरको आयोजनामा दश दिवसिय सनपाटको सुतलिबाट विभिन्न प्रकारका हस्तकालाका सामान बनाउने तालिम सम्पन्न भएको छ।
उक्त तालिमका प्रमुख अतिथी सामुदायिक प्रहरीकि अध्यक्ष मिना जोसिले यस्ता सामाजिक कार्यक्रम हुनु त्यसमा पनि आफ्नै देशको कच्चा पदर्थबाट निमित्त सामानहरुलाई महानगरपालिकाले प्रोत्साहन दिनु पर्ने कुरा व्यक्त गर्नु भयो भने पालिकाका सामाजिक बिकास शाखाका प्रमुख पुणम दाहालले अब छिटै महानगरले यस्ता समानहरुको लागि बजार ब्यवस्थापन गर्ने कुरा औल्याउनु भयो। सो कार्यक्रम मा समाजसेवी मिना जोसि ज्युलाई सस्थाले सम्मान पनि गरेको थियो।
सो तालिममा मा वडा न. ८ का १९ जाना दिदिबहिनिहरुको सहभागीता रहेको थियोे ब्गने तालिमको सहजीकरण घरेलु तथा सना उघोग महा संघ मोरङ महिला बिभाग अध्यक्ष सुनिता छाहाराङले र लक्ष्मी आचार्य पोखरेलले गर्नु भएको थियो।
कार्यक्रमको अध्यक्षता सोही सस्थाका अध्यक्ष युवा भण्डारीले गर्नु भयो भने कार्यक्रमको संचालन सोही सस्थाकी सचिब लक्ष्मी चौधरीले गर्नु भएको थियो।