jQuery(document).ready(function($){ //
});

दमक ,चैत्र २३
होटल ब्यवसायी संघ क्षेत्रीय समिति दमकले आज देखि विभिन्न जातजातीको परिकार सहितको दमक फुड फेस्टिवल शुरु गरेको छ । पूर्वको आदिवासी जनजाती धिमाल ,तामाङ लिम्वू र श्रेष्ठ लगायतका जातजातीको परिकार आदि समावेश गरेको फुड फेस्टिवल शुरु भएको हो । दमकको प्रथम नागरिक धिमाल समुदायले आफनो जातीय परिकार चिचिरी भात , वर्गिया ,घुगी लगायतको परिकार राखेको प्रथम नागरिक सामुदायिक होमस्टे दमकको अध्यक्ष शान्ति धिमालले बताउनु भयो । दमक ७ स्थित पशुहाटमा शुरु भएको फेस्टिवलमा ४५ वटा स्टल रहेको कार्यक्रम संयोजक भुपेन्द्र न्यौपानेले जानकारी दिनु भयो । फुड फेस्टिवलमा गोदोको ढेडो ,सेलरोटी ,खिर ,भक्का , चिचिरीभात लगायतका अन्य खाजाको परिकार स्टेलमा राखीएको प्रसार समिति संयोजक दिपक फुयलले बताउनु भयो ।
संघको क्षेत्रीय अध्यक्ष योगराज दंगालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि १ न.प्रदेशका पर्यटन मन्त्री खिनु लुङवा लिम्वूले फेस्टिवलको उद्घाटन गर्नु भयो । पर्यटन मन्त्री लिम्वूले स्थानिय र देश विकासका लागि आन्तरिक पर्यटन प्रर्वद्धन महत्व पूर्ण भएको बताउनु भयो । आन्तरिक र वाह्रय पर्यटन बिकासको लागि तीन तहको सरकारको महत्व पूर्ण भूमिका हुने मन्त्री लिम्वूले बताउनु भयो ।
कार्यक्रममा होटल ब्यवसायी संघ १ न.प्रदेशका अध्यक्ष राजन दंगाल , दमक ७ का वडाअध्यक्ष भीम पौडेल, दमक उधोग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाई लगायतले फेस्टिवलको बिषयमा बोल्नु भयो । दमकको पशुहाटमा चैत २३ गतेदेखि २९ गते सम्म फुड फेस्टिवल चल्ने संघका अध्यक्ष योगराज दंगालले बताउनु भयो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय