
मधुमल्ला ÷ खगेन्द्र चौहान
मोरङको मिक्लाजुङमा नव बर्ष २०७९ को अवसर पारेर प्रथम मधुमल्ला गोल्डकप हुने भएको छ । बिहिबार पत्रकार सम्मेल ागनरी आयोजकले बैसाख २ गते शुक्रबार बाटे प्रथम मधुमल्ला गोल्ड कप २०७९ को खेल तालिका सार्वजनीक गरेको हो । मधुमल्लाकै इतिहासमा पहिलो पटक हुन गइरहेको गोल्ड कपको तयारि तिब्र पारिएको बिहिबार पत्रकार सम्मेलन मार्फत आयोजक इस्ट स्टार स्पोटिङ क्लवले जानकारि गराइएको छ ।
प्रथम मधुमल्ला गोल्ड कप २०७९ मिक्लाजुङ ७ मधुमल्लको श्री मनोेहर जनता माबिको खेल मैदानमा हुने र दैनीक पाँच हजार दर्शकले खेल हेर्न आउने अनुमान गरेको इष्ट स्टार स्पोटिङ क्लबका अध्यक्ष शुसन खड्काले बताए । खेललाई थप अकर्षक बनाउन १० हजार दर्शक अटाउने क्षमताको अस्थायी प्याराफिटको निर्माण समेत तिब्र रुपमा अगाडी बढाइरहेको क्लबका सचिब प्रकाश श्रेष्ठले बताए । खेलम ए डिभीजनको १ सहित अन्य ७ गरी ८ टिमको सहभागिता रहने खेल संयोजक सागर लुइटेलले बताउनु भयो । खेलमा आयोजक इस्ट स्टार स्पोडीङ क्लब, रोयल स्पोटिङ दमक, बिजय युथ क्लब हेटौडा, राजा फुटबल क्लब सुनसरी, कर्शाङ फुटबल क्लब भारत, जर्ज बोइज युनाइटेड क्लब काठमाण्डौं , पुलीस क्लब रानी र जलथल फुटबल क्लब झापा खेलमा सहभागी हुदैछन ।
खेल हेर्न आउने दर्शक हरुका लागि प्रबेश शुल्क पहिलो चरणको खेलमा रु ५० त्यस्तै सेमि फाइनल र फाइनल खेलमा १०० देखि १५० सम्म हुने खेल संयोजक लुइटेलले बताउनु भयो । १२ बर्ष मुनिका दर्शक र बिद्यार्थीहरुलाई भने खेल हेर्न कुनै सुल्क नलाग्ने आयोजकले जानकारि दिएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कर नगद रु तिन लाख तीन हजार तिन सय तेत्तीस र द्धितिय हुनेलाई एक लाख ५० हजार पाँच सय पचपन्न नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन ।