
विराटनगरमा जारी रमपम ट्रेड एक्स्पो–२०२२’ को १ दिन थप गरिएको छ ।
‘मोेरङ व्यापार संघको आयोजनामा लागेको एक्स्पो १ दिन थप गरिएको एक्स्पो परिसरमा पत्रकार सम्मेलन गर्दै आयोजकले मेलाको समयावधि थप गरिएको जानकारी दिएको का छन ।
यसअघि चैत्र १८ गतेदेखि सुरु भएको व्यापार मेला चैत्र २६ गते सम्पन्न हुने बताईएको थियो । तर, उपभोक्ता तथा व्यापारीहरुको माग बमोजिम अब एक्स्पो २७ गते आईतबार सम्पन्न हुने जनाईएको छ । आईतबार साँझ भने एड्रीन प्रधानको साङ्गितिक कार्यक्रमको व्यवस्था मिलाईएको एक्स्पोका संयोजक विकास बेगबानीले बताए । बेगबानी ले आईतबार दिनको ११ बजे मेलाको औपचारिक समापन कार्यक्रम हुने जानकारी दिए । उनले भने, ‘मेलाको समापन कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्रीलाई आमन्त्रण गरेका छौं ।’व्यापार मेला हालसम्म १ लाख ८० हजार बढी उपभोक्ताहरुले अवलोकन गरिसकेको आयोजकले जनाएको छ ।
विराटनगरका १४ वटा विद्यालयका विद्यार्थीहरुलाई मेलामा निःशुल्क भिजिट समेत गराईसकेको जनाएको छ । आयोजकका अनुसार मेलामा हालसम्म १५ करोड बराबरको कारोबार भएको बताइये को छ।
व्यापार मेलामा बिहीबार सबिन राई र शुक्रबार भने इन्दिरा जोशी र शनिबार मिलन नेवारको साङ्गितिक प्रस्तुतीको तयारी रहेको जानकारी गराएको छ ।मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले भने । उनका अनुसार एक्स्पोमा सबैभन्दा बढी इलोक्टे«निक र अटोमावाइलको सामानहरू बढी बिक्री भएको जानकारी दिए ।एक्स्पोमा दर्शक आउनेको संख्या बढेको छ । हामीले सोचेभन्दा पनि धेरै दर्शकहरू आएका छन् । मेलालाई दर्शककले मन पराइदिनुभएको छ,’ मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले भने । उनका अनुसार एक्स्पोमा सबैभन्दा बढी इलोक्टे«निक र अटोमावाइलको सामानहरू बढी बिक्री भएको जानकारी दिए ।
एक्स्पोमा ८० वटा एसीसहितका, ६० वटा कुलरसहितका र १०६ वटा सामान्य स्टल रहेको छ । ‘सबै स्टलहरूमा दर्शकको रोजाइमा परेको छ,’ संयोजक बेगवानीले भने । एसीसहितका स्टलका लागि ६० हजार, कुलर स्टलका लागि ४० र सामान्य स्टलका लागि ३० हजार शुल्क तोकिएको छ । त्यस्तै अटोमोबाइलका १० स्टल रहेको छ । अटो स्टलका लागि ७० हजार शुल्क निर्धारण गरिएको छ । फुडकोर्टका लागि १० स्टल छन् ।
। त्यस्तै जिप लाइन, रिभर्स बन्जी र जिप साइक्लिङ लगायतका साहसिक खेलकुदको व्यवस्था पनि रहेको छ । एक्स्पोमा आयोजकले लण्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट वेसिल जस्ता अन्तराष्ट्रिय संरचनाले आकर्षण थपेको छ । सेल्फी जोनमा फोटो खिच्नेको भीड लाग्ने गरेको छ । एक्स्पोमा नेपाल सँगसँगै भारत, बङ्गलादेश र पाकिस्तानका उत्पादनहरु समेत बिक्री वितरणमा राखिएको छ।