स्थानीय निकायको चुनाव नजिकिदै मिक्लाजुंग ७ बाट वडा अध्यक्षको लागि देउमान तामङ को नाम चर्चामा आउन थालेको छ | मिक्लाजुङ मा युवाहरुलाई नेतृत्व दिनुपर्छ भन्ने बहस चलिरहदा सो वडाका धेरै कांग्रेस क्रियाशील सदस्यहरु समेत उनको पक्षमा देखिएका छन | स्थानिय स्तरमा लाेकप्रिय एवं युवाहरूलाई समेटेर लैजान सक्ने क्षमता भएका उनि काङ्ग्रेसका लाेकप्रिय युवा नेता हुन् । तामाङ २ कार्यकाल तरुण मिक्लाजुङ सचिब ,बर्तमान पार्टी सह सचिब ,युथ फर मिक्लाजुङ सयोजक ,नवदिप युवा क्ल्ब अध्यक्षसमेत हुन् | क्षमतावान् भएकाले काङ्ग्रेसवृतमा उनलाई अध्यक्ष पदमा उठाउनुपर्छ भन्ने अावाज उठ्न थालेकाे बुझिएकाे छ । हाम्रो पेजसँगकाे कुराकानीमा तामाङ्ले ‘पार्टीले मलाई याेग्य सम्झन्छ र संगसंगै स्थानीय सबैले मलाइ वडाध्यक्षको लागि योग्य सम्झनु हुन्छ भने म वहाहरुको उक्त भावनाको सम्मान गर्दै म प्रति यो समाजले गरेको आशा जिम्मेवारीका साथ् निभाउने छु भन्नु भएको छ |उनी वडा अध्यक्षमा अाउदा युवाहरूकाे भावना पनि समेटिने स्थानियकाे बुझाई छ |






