
उर्लाबारी नगरपालिका ८ का २३ बर्षे युवा अर्विन घिमिरे आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेस बाट उर्लाबारी ८ को वडासदस्यमा उम्मेदवारी दिने दौडमा छन।
नेपाल विद्यार्थी संघको उर्लाबारी नगरसचिव, अरनिको मा.वि दुर्गापुरी सभापति समेत रहेका घिमिरे सानै उमेर देखि राजनीतिमा संम्लग्न छन ।
विद्यार्थी र वडाका स्थानीय युवाहरुमा प्रिय बनेका घिमिरे विभिन्न सामाजिक कार्यमा अग्रसर छन। मास्क बितरण , बल्ड डोनेसन ईत्यादी सामाजिक कार्यमा उनको सक्रियता रहेको छ।
उनी भन्छन “आफ्नो गाउँ आफै बनाउ भन्ने नारा लिएर हिडेको छु। अब अग्रजका सल्लाह मान्दै युवा जमात नेतृत्वमा आउनु पर्छ। देशमा अरुले केही गरेनन भनेर हिन्नु भन्दा आफै गर्न सक्रिय हुनुपर्छ” ।अरुले गरेनन भनेर टोलाउनु भन्दा आफै काम गर्नुपर्छ भन्नका लागि समेत आफ्नो उम्मेदवारी रहने उनको भनाई छ।