
।।२०७८/१२/२६ गते।।दमक।।
विभिन्न रोगको उपचार तथा शल्यक्रिया गर्दा, दुर्घटना हुँदा तथा महिलाहरुको प्रसुतिको बेला रगत अत्यावश्यक हुने गर्दछ । कोभिड १९ को संक्रमण रोकथामको लागी गरिएको बन्दाबन्दी, निशेधाज्ञाका कारणले गर्दा अझै पनि मुलुकभर यतिबेला रगतको चरम अभाव भएको छ ।
रगतको यो अभावलाई केहि हद सम्म कम गर्ने उद्देश्यले आज (शनिबार) युथ फर ब्लड झापाले दमकको गणतन्त्र चोकमा विशेष तथा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
दिपक खरेलको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि नगर उप प्रमुख गिता अधिकारी हुन्नथ्यो भने अतिथिहरु: नेपाल रेडक्रस उपशाखा दमकका सभापति प्रकाश बुढाथोकी, द हिमालयन टाइगर्सका उपाध्यक्ष जय विमलि, दमक क्याम्पस साहित्यक मंचका अध्यक्ष राजन चापागाईं, एसियन लाइफ इन्स्योरेन्सका कार्यालय प्रबन्धक शान्तिराम निरौला, डि पि एल युथ बोर्डका संस्थापक अध्यक्ष बिनोद उप्रेती, युथ फर ब्लड झापाका संस्थापक अध्यक्ष नविन खेवाङ र लिम्बु विद्यार्थी मंचका अध्यक्ष सागर साम्बा रहनु भएको थियो।
दमक नगरपालिका, लायन्स क्लब अफ इस्ट्रन लाइन, दमक क्याम्पस साहित्यक मंच, नेपाल रेडक्रस उपशाखा दमकको सहयोग र सहकार्यमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा ३० जना रक्तदाताले रक्तदान गरेका थिए ।
३० पिन्ट रगत संकलन गर्न सफल उक्त कार्यक्रमको संयोजन मदन सापकोटाले गरेका थिए भने कार्यक्रम संचालन बेनु प्रसाद निरौलाले गरेका थिए ।