
दमक , चैत्र २६
विगतमा वडा कमिटीको विभिन्न पदमा रहेर एमाले पार्टीलाई मजबुद बनाउने अग्रज नेता कार्यकर्तालाई नेकपा एमाले दमक ५ वडा कमिटीले सम्मान तथा वडा कमिटीको कार्यालय उद्घाटन गरेको छ ।
वडा तहमा रहेर पार्टीमा योगदान पुराउने अग्रज नेता कार्यकर्तालाई एमाले दमक ५न.वडा कमिटीले आज पार्टी कार्यालय उद्घाटन तथा सम्मान कार्यक्रममा २६ जनालाई सम्मान गरेको हो ।
वडा कमिटी अध्यक्ष राजेन्द्र ढकालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रिय सदस्य तथा दमक नगर पालिका नगर प्रमुख रोम नाथ ओलीले वडा कमिटीको कार्यालय उद्घाटन रिबन काटेर गर्नु भयो ।वडा कमिटीको उद्घाटन पछि पार्टीलाई योगदान दिने दमक ५को वडा कमिटीको पूर्व अध्यक्ष ,पदाधिकारी साथै सदस्यहरुलाई सम्मान गर्नु भयो ।
कार्यक्रममा अखिल नेपाल महिला संघका पूर्व वडा कमिटी अध्यक्ष ,पदाधिकारी सदस्यहरुलाई सम्मान गरेको हो । एमाले दमक ५ को पूर्व वडा कमिटी अध्यक्ष सीताराम खतिवडा, दुर्गा पौडेल , कमल जंगली आचार्य , सिताराम पोखरेल ,इन्द्र कोइराला ,सुर्य नेपाल लगायतलाई सम्मान पत्र नयाँ असकोट लगाएर सम्मान गरेको छ ।
अनेमा संघका पूर्व वडा कमिटी अध्यक्ष ,पदाधिकारी ,सदस्यहरु क्रमशः तारा ढकाल , सीता भण्डारी ,दुर्गा दाहाल ,पार्वता ढकाल ,लिला ओली लगायतलाई दोसल्ला ओढाए सम्मान गर्नु भयो ।
कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य ओलीले कुनै पनि ब्यक्तिले पार्टी कामलाई दिएको योगदानको ढिलो चाँडो कदर हुदो रहेछ भन्दै सम्मान कार्यक्रमको प्रशंसा गर्नु भयो ।
कार्यक्रममा बोल्दै एमाले नेृत्री सुमित्रा भण्डारी लगायतले बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा एमालेलाई पहिलो स्थानमा पुराउनु पर्नेमा जोड्दिनु भएको थियो ।कार्यक्रममा दमक ५ को निर्वाचित कमिटीका पदाधिकारी तथा कमिटीका सदस्यहरुलाई प्रमाण पत्र निर्वाचन समितिले प्रदान गरेको थियो ।