
दमक । राप्रपा नेपालकी केन्द्रीय सदस्य रेखा थापाले राप्रपाले नेपाली जनता लागि विकासका पूर्वाधारको जिम्मा लिने बताएकी छिन् ।
झापाको दमकमा आयोजित बृहत आमसभालाई सम्बोधन थापाले शिक्षा स्वास्थ्य तथा जनताको आधारभुत आवश्यता पुरा गर्ने बताईन् ।
उनले भनिन्, हामी बोलेर हैन गरेर देखाउछौ । जनताको आवश्यकता समस्या के छ हामीले नजिकबाट निलालेका छौ । गम्भिर छौ ।
उनले जनप्रतिनिधीहरुले सुकुम्बासीहरुको घरमा डोजर लगाएको प्रति दुखेसो ब्यक्त गरिन् । ‘सुकुम्बासीहरु पनि यहाँको नागरिक हुन्, सुकुम्बासीको घरमा डोजर लगाउन पाउँदैन, यदि लगाउने हो भने उनीहरुको व्यवस्थापन गर्नु पर्यो ।’
जनताले जिताएर पठाएको जनप्रतिनिधीहरुबाटै जनता नै दुखी भएको उनले तितो यथार्थ पोखिन् ।
आफु राप्रपामा प्रवेश गरेपछि आमनेपाली दाजुभाईमा मुहारमा खुशीको बहार देखिएको बताईन् । उनले भनिन्, ‘राष्ट्रबादी पार्टीमा समाहित भएर देशविकासमा हातेमालो गर्न म आग्रह गर्दछु ।’
‘नारीहरु अव कमजोर छैनन, ‘नारीहरु चुलो चौकामा सिमित भएको हैन, देश हाकेको हेर्न चाहान्छु, विशाल आमसभाका बिचमा उनले भनिन्, ‘हामी सपना देखाउन आएको हैन, पुरा गर्न आएको हौ । तर यसमा सबैको हातेमालो आवश्यक छ ।’
‘मैले धेरै दिदी बहिनीहरु सपना बिहिन भएको देखेको छु, हाम्रोपार्टीले सिप र शिक्षाको सुनिश्तिता गर्छ, रेखा थापा भिड भेला पर्न आएको छैन, मलाई S ।
महिला दिदि बहिनीलाई लक्षित गर्दै उनले दिदी बहिनीहरु नै आफ्नो महान नेता भएको बताईन् । उनले भनिन्, महिला दिदीबहिनीहरु मेरो महान नेता हो, म त उहाँहरुका प्रतिनिधी पात्र मात्र हँु।’
उनले आम नेपालीको सपना साकार पार्न राप्रपा होमिएको बताईन् । ‘अझैपनि उनीहरु अन्य पार्टीको जस्तै आश्वसन देखाउछन, सपना बेच्छन ठान्नुहोला’, उनले भनिन्, ‘म कसम खाएर भन्छु् , हाम्रो पार्टीले सपना देखाउदैन, साकार गर्छ ।
हामीलाई सेवक हुने मौका दिनु होस ।’
उनले युवाशक्ति विदेश पलायन हुनु पर्ने बाध्यताप्रति दुखेसो पोखिन् । ‘ कस्लाई विदेश गएर काम गर्न रहर होला, उनले भनिन्, हामी यहि देशमा रोजगारीको व्यवस्था गर्छौ, नारीहरुमाथि हुने महिलाहिंसा रोक्छौ ।
उनले राप्रपालाई एजेण्डा बिहिन पार्टी भनेको प्रति कडा प्रतिक्रिया दिईन् । हामी काम गर्छौ, कसैलाई हत्या हिंसा र ढुङ्गा बोकेर सडकमा उर्तादैनौ । सकारात्मक सोचले शान्तिपूर्ण तरिकाले देशमा परिवर्तन गर्छौ । हामीमा त्यो आट छ ।