
क्रिस्चियन फ्रेडरिक स्यामुएल ह्यानेमन (१० अप्रिल १७५५ – २ जुलाई १८४३), जसलाई होमियोप्याथी औषधि प्रणालीका पिता भनेर पनि चिनिन्छ । होमियोप्याथीक संस्थापक डाक्टर हेनिमैनको जन्मदिनको सम्झनामा हरेक वर्ष अप्रिल १० मा विश्व होमियोप्याथी दिवस मनाइन्छ।

अल नेपाल होमियोपैथिक एसोसिएसन, प्रदेश-१ द्वारा आज(आइतबार) विश्व होमियोपैथिक दिवस तथा २६७ औं हेनिमेन जयन्ती सम्पन्न गरेको छ। राम जानकी सदन, विराटनगरमा आयोजित कार्यक्रमको सभापतित्व डा. हरि बाबु दहालले गर्नु भएको थियो भने प्रमुख अतिथिमा प्रदेश १ का स्वास्थ्य मन्त्री माननिय जयराम यादवको उपस्थिती रहेको थियो। स्वास्थ्य मन्त्री माननिय जयराम यादवले होमियोपैथिक स्वास्थ्य क्षेत्रको विकास विस्तारको लागि हालै छुट्टै मन्त्रालय बनेको र यसका लागी आफुलागी पर्ने कुरा ढुक्क रहन अनुरोध गर्नु भयो।

साथै आजको समयमा होमियोप्याथी र प्राकृतिक चिकित्सामा जनविश्वास झन् झन् बढदै गएको र आगामी दिनमा पनि उपचार पद्धति प्रति विकास र विस्तार गर्न आफु लागिपर्ने कुराको प्रतिबद्धता व्यक्त गर्नुभयो र एसोसिएसनले पनि यो विषयमा निरन्तर साथ र सहयोग गर्नु पर्ने कुरामा जोड दिनुभयो। त्यसैगरी विशिष्ट अतिथि निवर्तमान केन्द्रीय अध्यक्ष कमल प्रसाद सुबेदीले होमियोप्याथी का समस्या र राज्यले खेल्नु पर्ने भुमिका प्रति प्रकाश पार्नुभयो। सो कार्यक्रममा डा. लेखनाथ न्यौपाने र श्री गोपाल प्रसाद गुप्ताले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो।

सो कार्यक्रमका सभापति डा. हरिबाबु दहालले मन्त्री जयराम यादव लाई ९ बुँदे ज्ञापन पत्र बुझाउनु भएको थियो। देवि पौडेलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन डा. घनश्याम सुवेदीले गर्नु भएको थियो ।

मागहरु यस प्रकार रहेका छन्:
१. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कम्तिमा एकजना होमियोपैथिक चिकित्सकको दरबन्दी कायम गरी बहाली गरियोस् ।
२. प्रादेशिक आयुर्वेदीक अस्पताल तथा अनुसन्धान केन्द्र लखनपुर झापामा कम्तिमा दुईजना होमियोपैथिक चिकित्सक र दुईजना सहायक होमियोपैथिक चिकित्सकको दरबन्दी कायम गरी बहाली गरियोस् ।
३. औषधी व्यवस्था विभाग विराटनगरमा कम्तिमा एकजान होमियोपैथिक चिकित्सकको दरबन्दी कायम गरी बहाली गरियोस् ।
४. प्रादेकि होमियोपैथिक अस्पताल तथा अनुसन्धान केन्द्रको स्थापनार्थ योजना तर्जुमा गरी दिर्घकालिन योजनामा समावेश गरियोस् ।
५. प्रादेशिक होमियोपैथिक परिषद ( काउन्सिल) को गठन गर्न यसै आगामी बजेटमा बजेट विनियोजन गरी काम अगाडि बढाइयोस् ।
६. क्षेत्रीय निर्देशानलय धनकुटामा एकजान होमियोपैथिक चिकित्सकको दरबन्दी कायम गरी बहाली गरियोस् ।
७. आयुर्वेदिक कथा वैकल्पिक चिकित्सा विभागको नाम संसोधन गरी सबै चिकित्साको अपनत्व हुनेगरी वैकल्पिक चिकित्सा वा छलफलबाट सबैलाई समेट्ने गरी नामाकरण गरियोस् ।
८. प्रत्येक जिल्ला अस्पतालमा कम्तिमा एक/एक जना होमियोपैथिक चिकित्सक र सहायक होमियोपैथिक चिकित्सकको दरबन्दी कायम हुनेगरी O.N.M. सर्भे गरियोस् ।
९. नेपालमा औषधी निर्माण कम्पनी नभएकोले छिमेकी देशबाट आयातित औषधी कम्पनीहरुलाई आकर्षित गर्न सरलीकरण गरी करछुट वा शुल्क न्यूनिकरण गरियोस् ।