
मौलिक जरोकिलो पार्टी प्रदेश १ ले स्थानीय निर्वाचनका लागि रामनवमीको पावन अवसरमा कनकाई माईको पवित्र धर्तीबाट एक अनुष्ठानको आयोजनासहित विभिन्न पालिका तहहरूमा उम्मेदवार घोषणा गरेको छ ।
कनकाई नगर समितिका अध्यक्ष देवी प्रसाद सङ्ग्रौलाको सभापतित्वमा सम्पन्न भएको उम्मेदवार घोषणा सत्सङ्गमा प्रदेश १ अध्यक्ष इन्द्र प्रसाद ओलीले रुद्राक्षको माला, केन्दीय सचिव अनिल कुमार चौधरीले टिका र धार्मिक व्यक्तित्व मैया माताज्यूले आशीर्वाद प्रदान गर्नु भएको थियो ।
उक्त सत्सङ्गमा पहिलो चरणमा मौलिक जरोकिलो पार्टीका तर्फबाट तपसिल बमोजिम उम्मेदवार घोषणा गरिएको छ ।
झापा जिल्ला
क) भद्रपुर नगरपालिका
१ मेयर- चुडामणि अधिकारी Chudamani Adhikari
२ उपमेयर- कृष्णादेवी चुडाल Krishna Chudal
वडा नं – १
वडा अध्यक्ष – देवी प्रसाद ओली
वडासदस्य- हेमराज चम्लागाईं
वडासदस्य- पूर्ण प्रसाद उप्रेती Purna Upreti
ख) मेचीनगर नगरपालिका
मेयर- हिरा बाँस्तोला Hira Bastola
ग) बिर्तामोड नगरपालिका
१] मेयर- प्रज्वल अधिकारी प्रज्वल अधिकारी
२] उपमेयर- रोमादेवी निरौला रोमादेवी निरौला
घ) दमक नगरपालिका
१] मेयर- राजकुमार दाहाल
ङ) शिवसताक्षी नगरपालिका
१ मेयर – विष्णुमाया ढकाल सिटौला
च) कनकाई नगरपालिका
१] मेयर- टंका उप्रेती ( नम्रता )
२] उपमेयर- शान्ता दाहाल खतिवडा
सुनसरी जिल्ला
छ) इटहरी उपमहानगरपालिका
१] मेयर- रामेश्वर गोदार थापा
२] उपमेयर- शर्मिला बराल गौतम
उक्त सत्सङ्गमा उपस्थित सम्पूर्ण मान्यजनहरूलाई प्रदेश १ को तर्फबाट हार्दिक आभार व्यक्त गर्दै मौलिक जरोकिलो पार्टी १ नं प्रदेश महासचिव अर्जुन कुमार भट्टराईले युगद्रष्टा गुरु डा• निर्मलमणि अधिकारीज्यूबाट अभिनिर्मित मौलिक दर्शन र सिद्धान्तलाई मार्गनिर्देशक मानेर २०७६ सालमा राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक लगायतका समग्र क्षेत्रमा पराई प्रतिमानको अन्त्य गर्दै मौलिक प्रतिमान स्थापनाका लागि मौलिक जरोकिलो पार्टीको गठन भएको र यसको चुनावचिह्न ” कम्प्युटर रहेको समेत स्मरण गराउनु भयो ।