
झापाको दमकमा आयोजित आठौ दमक फुड फेस्टिवल २०७८ सम्पन्न भएको छ ।
होटल व्यवसायी संघ दमकको आयोजनामा चैत २३ गते देखि चैत २९ गतेसम्म दमकको पशुहाटमा फुड फेस्टिबल आयोजना गरिएको थियो ।
सो फेस्टिबलमा करिब एक लाख अवलोकनकर्ताहरुले अवलोकन गरेको र करिब ५० लाख बराबरको व्यवसायिक कारोबार भएको प्रचारप्रसार संयोजक दीपक फुयालले बताए ।
दमक क्षेत्रको आर्थिक , सामजिक तथा साँस्कृतिक बिकासका लागि आन्तरिक , धार्मिक, पर्यटकीय तथा स्थानीय जनजातिका परिकारको प्रचारप्रसार गरि दमक क्षेत्रलाई आन्तरिक पर्यटन भित्र्याउने लक्ष्यको साथ कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक भुपेन्द्र प्रसाद न्यौपानेले जानकारी दिए ।
फेष्टिबलमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुले दैनिक प्रस्तुति दिएका थिए।
समापन कार्यक्रममा दमक होटल व्यबसायी संघका अध्यक्ष योगराज दंगालको सभापतित्वमा प्रमुख अतिथि दमक नगरका प्रमुख रोमनाथ ओली,बिशेष अतिथि होटल व्यबसायी माहसंघका प्रदेश न १ का अध्यक्ष राजन दंगाल,अथिति वाड ७ का अध्यक्ष भीम पौडेल हिमशिखर टेलिभिजनका सञ्चालक ध्रुब न्यूपाने सुरक्षा निकायका प्रमुख लगयात बिभिन्न सामाजिक संघ संस्थाका व्यकित्वहरु पत्रकार होटल व्यबसायी संघ कार्यसमिति फूडफेस्टिबल समितिका मूलआयोजक सदस्यहरु बाक्लो उपस्थिति रहेको थियो कार्यक्रम समापनको अवसरमा हिमशिखर टेलिभिजका पत्रकार सुदीप अधिकारीलाई दमक पर्यटन पत्रकारिता पुरस्कार प्रदान गरियो । संघले हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ।