
दमकमा सुविधा सम्पन्न महिला लक्षित सैलुन सञ्चालनमा आएको छ । दमक -६ स्थित नमुना मार्गमा अस्मिता ओली श्रेष्ठले डि–गल्र्स सैलुन सञ्चालनमा ल्याएकी छन्। उक्त सैलुनको गत २७ चैत्रमा दमक उद्योग वाणिज्य संघकी प्रथम महिला अनुपमा तुलाधार श्रेष्ठले उद्घाटन गरेकी हुन् ।
सञ्चालिका ओली श्रृङगार सम्बन्धी मास्टर्स हुन् । दमकमा बिषयगत अध्ययन गरेर सैलुन चलाउने उनी नै पहिलो हुन् । आफनो ठाउँमा स्वरोजगार बन्न तथा सुविधासम्पन्न सैलुन खाँचो भईरहेका अवस्थामा त्यसलाई थोरै भएपनि आवश्यकता पूरा गर्नको निमित्त यस सैलुन सञ्चालनमा ल्याइएको ओलि बताउछिन्। सैलुनमा उनले करिव ४० लाख लगानी गरेकी छन् । सैलुनमा महिलाका व्यूटिपार्लर, कपालसम्बन्धी सबै किसिमका ब्राण्डेड सामानहरु समेत सुपथ मूल्यमा उपलव्ध गराउने उनले बताईन् । सैलुनमा उनी बाहेक थप तीन जना अनुभव सम्हालेकी व्यूटिसियनले काम गरिआएका छन् ।
सञ्चालिका ओलीले महिलाका श्रृङगारसहित कपाल सम्बन्धी सेवा सवै किसिमको गुणस्तरिय सेवा दिन पनि यस सैलुन प्रतिवद्ध भएको वताईन् । उद्घाटनका अवसरमा सैलुनमा आउने ग्राहकहरुलाई लक्षित गरि आर्कषक छुटसहितको सुविधा समेत उपलव्ध रहेको उनले बताईन् ।