
आज मिति २०७८/१२/३० गते जीवन चक्र समाज नेपालले आउदै गरेको नयाँ वर्ष २०७९ काे शुभकामना आदानप्रदान तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा इलाका प्रशासन कार्यालय दमकका प्रमुख उमेश पान्डे र इलाका प्रहरी कार्यालय प्रमुख दिलिप कुमार गिरी लाई स्वागत गरिएको थियो भने लामो समय देखि सवारी चलाई कुनै पनि दुर्घटना नगरी काम गर्नु हुने कृष्ण प्रसाद तामाङलाई सम्मान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि इलाका प्रसासन कार्यालय प्रमुख उमेश पान्डे,विशिष्ट अतिथि इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिलिप कुमार गिरी र हाेटल व्यवसायी महासंघ प्रदेश नम्बर १का अध्यक्ष राजन दंगाल, अतिथिहरु दमक उधाेग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गाेपाल गुरागाई, दमक बहुमुखी क्याम्पसका उप प्राध्यापक बासु देव काफ्ले, इलाका ट्राफिक प्रहरी दमकका प्रमुख सुन्दर श्याम पाेख्रेल, जेसिज पुर्व अध्यक्ष चन्द्र खत्री, डाक्टर लेखनाथ न्याैपाने, क्लब हिमालयन टाइगर्सका उपाध्यक्ष जय बिमली, स्वतन्त्र मजदुर संगठनका सचिव रङुनाथ सिग्देल, पहिलो पाइलाका सचिव दिवस खतिवडा, निम्स अस्पताल संचालक गणेश प्रधान, हेप्पी नेपालका महासचिव सुरेन्द्र कुमार श्रेष्ठ लगायत समाजका पदाधिकारीकाे उपस्थितिमा स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियोे।
संस्थाका यज्ञ प्रसाद आचार्यले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन अध्यक्ष जि पी गाैतमले गर्नु भएको थियो ।