jQuery(document).ready(function($){ //
});

दमक । प्रेस चौतारी नेपाल झापाले गठन गरेको माईपश्चिम क्षेत्रीय कमिटीको आयोजनामा आज दमकमा नववर्ष २०७९ सालको शुभकामना आदानप्रदान तथा आसन्न स्थानीय तहको निर्वाचन रणनीतिबारे बहस गराएको छ ।

निर्वाचन रणनीतिबारे भएको बहसमा नेकपा एमालेका केन्द्रीय सदस्यद्वय रोमनाथ ओली र गीता अधिकारी, झापा क्षेत्र नम्बर ५ का इन्चार्ज तथा प्रदेश कमिटी सदस्य होमबहादुर थापा, प्रदेश कमिटी सदस्य अम्बिका खनाल, जिल्ला कमिटी सदस्य लीला ढुङ्गेल दाहाल, दमक नगर कमिटी अध्यक्ष गेहनाथ पोखरेलले आफ्ना धारणा राखेका थिए । उनीहरुले आसन्न स्थानीय निर्वाचनमा पार्टी र पत्रकारबीच घनिभूत सम्बन्ध रहनुपर्ने आवश्यकता औंल्याएका थिए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

त्यसैगरी पत्रकारहरुका तर्फबाट प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य, नेकपा एमाले झापा जिल्ला कमिटी सदस्य तथा प्रेस चौतारी झापाका इन्चार्ज मोहनकाजी न्यौपाने, केन्द्रीय सदस्य टिकाराम उप्रेती, प्रदेश कमिटी सचिव गोपाल झापाली लगायतले राजनीतिक दलहरुले पत्रकारलाई चुनावी अस्त्र बनाउँदै आएको स्मरण गराएका थिए । पार्टीले आवश्यक पर्दा पत्रकारलाई सम्झिने र अरुबेला बिर्सिने गरेको पुरानो चलनलाई आसन्न निर्वाचनमा दोहोरिन नहुने उनीहरुको सुझाव थियो ।

प्रेस चौतारी झापा माईपश्चिम क्षेत्रीय कमिटीका अध्यक्ष भूमिराज पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमलाई सदस्य रुपा बुढाथोकीले सञ्चालन गरेकी थिइन् भने कोषाध्यक्ष दिपेश पोखरेलले शाब्दिक स्वागत गरेका थिए ।

तस्बिर: किरण न्यौपाने(Visual Arts)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय