
नेकपा एकीकृत समाजबादी पार्टीका वडा न.०५ सचिब अविन मेयाङ्गवोले स्थानिय तहको निर्वाचनमा दमक वडा न.०५बाट आफुले पनि उम्मेदवार दिने संकेत गरेका छन।
उनको अनुसार पार्टी र पार्टीका नेता, कार्यकर्ताले बिश्वास गरे वडा न.०५बाट पुरुष सदस्यमा उम्मेदवारी दिने संकेत गरेका हुन।
उनले थप्दै भने अहिले गठबन्धनको कुरा उठेको छ दमकमा वडा न.५मा आफुहरुको पार्टीको पनि बलियो पकड र जनता माझ निकै नै लोकप्रिय रहेको समेत बताए।उनले दाबी गर्दै भने यदि वडा न.०५ मा गठबन्धनले नेकपा एसलाइ अध्यक्ष सहित खुल्ला सदस्य र पुरुष सदस्य सहित ३ सिट दिने हो भने एमाले भन्ने पार्टी अस्तित्व वडा न.०५ मा यहि स्थानिय चुनाब देखि समाप्त हुने बताएका छन।
उनले आफ्नो सामाजिक संजालमा यस्तो लेखेका छन:-
म जनप्रतिनिधि भए भने मेरो एउटा काम हुन्छ त्यो हो मेरो जनताले दुख पाउनु भएन।म बोलेर हैन गरेर देखाउछु।मेरो हैन हाम्रो सबैको साझा बनछु/बनाउछु।म हावाको तालमा रेल,पानी जहाज घर घरमा चुला ल्याउने कुरा गर्दैन।मेरो देशको अर्थतन्त्रले अहिले नै ती सब कुरा धान्दैन।म पहिले त सरकारी अस्पताल र सरकारी स्कुल,कार्यलयलाइ मर्यादित बनाउछु।
त्यसपछि भ्रष्टाचारीहरुको सम्पुर्ण सम्पत्ति जफत गरि राष्ट्रिय करन गर्छु ।हरेक घर पुग्छु हरेकको दुख बुझ्ने कोशिस गर्छु हरेक संग समधुर सम्बन्ध निर्माण गर्छु।म अरु जे गर्छु गरिसके पछि मात्र भन्छु गर्नु भन्दा अगाडि जनतालाइ केपि ओलिको जस्तो झुटो आश्वासन दिदिन।