jQuery(document).ready(function($){ //
});

दमक,बैशाख २
किरात धर्मगुरु आत्मानन्द लिङदेन सेइङले १ न. प्रदेशको नामकरण किरात सगरमाथा नामकरण गर्न सुझाव दिएका छन् ।
किरात धर्मगुरु लिङदेनको प्रवक्ता डिल्लीराम चाम्लिङले आज पत्रकार मञ्च दमकमा पत्रकार सम्मेलन गरी १ न. प्रदेशको नामकरण किरात सगरमाथा प्रदेश राख्न सुझाव दिएको धर्मगुरुको वक्ता चाम्लिङले बताउनु भएको हो ।
किरात सगरमाथा नामकरणले १ नम्वरवासी र मुलुककै सबै जातजातीहरुको राष्ट्रिय स्वाभिमानलाई सम्मानका लागि उपयुक्त नाम हुने धर्म गुरुको सल्लाह रहेको विज्ञाप्तीमा उल्लेख छ । अन्य प्रदेशले प्रदेशको नामकरण गरीसकेको हुदा यस प्रदेशको पनि नामकरण छिटै टुगाउन पनि प्रवक्ता चाम्लिङले प्रदेश सरकारलाई अनुरोध गर्नु भयो ।
प्राचीन कालदेखि बसोवास गर्दै आएका आर्य मुलुकका किरात जातिहरु भएको सम्मानसंगै विश्वको अग्लो चुचुरो सगरमाथाले सबै नेपालीलाई संसार भर चिनाउने हुदा किरात सगरमाथा नाम राख्न उपयुक्त हुने वक्ता चाम्लिङको तर्क छ ।
विगतमा ,इस्लाम, हिन्दु इसाई,जस्ता धर्ममा महापुरुषहरु धर्म गुरुको रुपमा अवतार भइ सिगो सृष्टि जगतको संरक्षण गर्नु भयो । अहिले पनि विश्व जगतको सृष्टिको रक्षा गर्न अद्धितीय शक्ति बोकेर पृथ्वीका आउनु भएका गुरु लिङदेनले सबै मानव जगतको हित गर्ने पत्रकारको जिज्ञासामा चाम्लिङले जवाफ दिनु भयो ।
कार्यक्रममा किरात चोत्लुङ मुहिङगुम आशीमाङगेन्ना सेवा समितिका केन्द्रिय सदस्य धनराज संम्वाहम्फेले किरात धर्म गुरुसंग पूर्व प्रधानमन्त्री केपी ओलीले गरेको वाचा पुरा नगरेको गुनासो गर्नु भयो । दमकमा बन्दै गरेको फागुनन्द सभाहलको नामकरण गर्ने सहमतिलाई तोडेको सम्वाहाम्फेले आरोप लगाउनु भयो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय