
नेकपा एकीकृत समाजबादी पार्टीका नगर उपसचिव,अखिल फोर्सका उपाध्यक्ष र अनेरास्ववियुको केन्द्रिय सचिबालय सदस्य,साथै दमक बहुमुखी क्याम्पस स्वबियु सचिब हुँदै कार्यबाहक सभापतिको जिम्मेवारी सम्हालेका रोशन भण्डारीले स्थानिय तहको निर्वाचनमा दमक वडा न.०५बाट आफुले पनि उम्मेदवार दिने निश्चित गरेका छन।
उनले आफू वडा अध्यक्ष कै दाबी गर्दै आएका थिए।आज बसेको वडा समितीको बैठकमा अग्रज,ज्येष्ठ पार्टीका पुराना नेता नेकपा एसका जिल्ला सदस्य तथा दमक नगर इन्चार्ज हरि नेपाललाइ वडा अध्यक्षमा सर्वसम्मत रुपमा सिफारिस गर्दै आफू वडा न.०५बाट खुल्ला सदस्यमा उम्मेदवारी दिने निश्चित गरेका हुन।
हाम्रो पार्टीले वडाको नेतृत्व पाएमा,वडाका जनताले दुख पाउने छन।यहाँ जनताको गुनासो सुनेर काम गरिन्छ।मैले बिद्यार्थीको राजनीति कक्षा कमिटीबाट गर्दै यहाँसम्म पुगेको छु।मैले विद्यार्थी,युवाको संघर्ष बुझेको छु।म सबै वडाबासीको जनताको साझा बन्न चाहान्छु।