jQuery(document).ready(function($){ //
});


कुमोद अधिकारी विराटनगर
वैसाख ३ शनिवार
वैसाख–३० गते हुन लागेको स्थानियतहको निर्वाचन लागी मोरङ जिल्लाका संवेदनशिल मतदान स्थलतथा केन्द्रहरुको जिल्ला सुरक्षा समितिले अनुगमन गरेको छ ।
पाहाडी भेगसंग तथा नेपाल भारत सिमासंग जोडिएका मोरङको पालिकाहरुमा रहेका संवेदनशिल मतदान स्थलको समितिले अनुगमन गरेको हो । कतिपय मतदान स्थलहरु भैगोलिक विकटता तथा सडकको पहुच भन्दा टाढा रहेकाले त्यस्ता मतदान स्थललाई संवेदनशिल देखिएको विश्लेशनगर्दै अनुगमन गरिएको सुरक्षा समितिका प्रमुख एंव मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले वताउनुभयो ।
अनुगमनको क्रममा मतदानकेन्द्रको व्यवस्थापन तथा सहज मतदानका लागी गर्न सकिने उपायका विषयमा जनप्रतिनिधी तथा स्थानिय समुदायसंग समन्वयगर्दै सुरक्षा समितिले छलफल सुझाव समेत लिएको प्रमुख जिल्ला अधिकारी दाहालले वताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी दाहाल सहित मोरङका प्रहरी प्रमुख शान्तीराज कोइराला, नेपाली सेना थलाहाका प्रमुख सेनानी अमृत थापा मगर , ३ न गण हेडक्वाटर टंकिसिनवारीका सशत्र प्रहरी उपरिक्षक राजकुमार लामिछाने तथा राष्ट्रिय अनुसन्धान मोरङका प्रमुख एंव उप अनुसन्धान निर्देशक वासुदेव सिग्देल लगायतको सुरक्षा समिती सम्मिलित टोलीले मतदान स्थलको अनुगमन गरेको हो । स्थानियतहका निर्वाचनका लागी विद्यालय तथा वर्डा कार्यालयहरुलाई मतदान स्थल तोकिएको छ । अनगमनको क्रममा केहि मतदान स्थल सागुरो रहेकाले त्यसलाई व्यवस्थित गरिने जनाइको छ । मिकलाजुङ गाउपालिका सहित केहि पालिकाको विकट स्थानमा रहेका मतदान स्थलमा हेलिप्याडको समेत व्यवस्था मिलाइने सुरक्षा समितीले जनाएको छ ।
मोरङ जिल्लामा स्थानियतहमा निर्वाचनका लागी ३ सय मतदान स्थल तथा ८ सय २० मतदानकेन्द्र मतदानका लागी तोकिएको छ । सुरक्षा समितिका अनुसार तोकिएको मतदान स्थलमध्ये ४९ वटालाई अति संवेदनशिल १ सय ५५ वटालाई संवेदनशिल तथा ९६ वटालाई सामान्य मतदान स्थलको रुपमा विश्लेशन गरिएको छ । यसपटकको निर्वाचनमा मोरङमा ७० वटा मतदानकेन्द्र थप गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले वताउनुभयो ।
सुरक्षा समितिले सवैपालिकाको मतदान स्थलतथा केन्द्रको अनुगमनगरि सोहि अनुसार सुरक्षा रणनिती तयार गर्ने जनाएको छ । अहिले सम्म १ सयभन्दा वढि मतदान स्थलको सुरक्षा समितिले अनुगमन गरेको र अनुगमन भएका सवै मतदान स्थल मतदाताका लागी पायकपर्ने स्थानमा रहेको वताइएको छ ।
भौलिक अवस्थालाई मध्यनजर गर्दै निर्वाचन सम्पन्न भएपछि सवै मतपेटिकाहरुलाई मतगणना स्थलसम्म तत्काल सहज रुपले पु¥याउनेगरि सुरक्षा व्यवस्था मिलाइने समितिले जनाएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय