jQuery(document).ready(function($){ //
});

मोरङको मिक्लाजुङमा जारि पहिलो मधुमल्ला गोल्ड कप २०७९ को बुधबारको खेलमा जलथल झापालाई हराउँदै विजय युथ क्लव हेटौडा फाइनल प्रबेस गरेको छ । मनोहर जनता मा.वि.को खेलमैदानमा भएको सेमिफाइनल खेलमा ३–० को गोल अन्तरले हराउँदै विजय युथ क्लव हेटौडाले फाइनलको यात्रा तय गरेको हो ।

पहिलो हाफको ११ औं मिनेटमा जर्सी नम्बर १२ का समिरराज थोक्करले हेटौडाको तर्पबाट पहिलो गोल गर्दै खेललाई अग्रता दिलाएका थिए । त्यस लगत्तै निकै आक्रामक खेल प्रदर्शन गरेको जलथलले कुनै पनि गोल गर्न सकेन ।

RAWA Hills Town Property

RAWA Hills Town Property

त्यस्तै जर्सी नम्बर १४ का रुपक लामाले विजयी टिमको तर्पबाट खेलको ३३ मिनेटमा अर्को गोल गर्दै २–० ले आफ्नो टिमलाई अगाडी बढाएका थिए । यस बिचमा जलथल झापाले निकै राम्रा गोल गर्ने अवसर प्राप्त गरे पनि बललाई जाली भित्र प्रहार गर्न कोसिस गरिरहेको बेला हेटोडाले अर्को गोल गर्दै ३–० को झट्का दियो । खेलको ४५ औं मिनेटमा जर्सी नम्बर १७ का मेसुकिले उत्त गोल गरेका हुन ।

गत शनिबार राष्ट्रिय जागृती क्लव सुनसरिलाइ हराउदै जलथल सेमिफाइनल प्रबेस गरेको थियो भने आइतबार चर्च व्वाइज युनाइटेड काठमाडौलाइ हराउँदै विजय युथ क्लव हेटौडा सेमिफाइनल प्रबेस गरेको थियो ।

बुधबारको म्यान अफ द म्याच विजयी टिमका जर्सी नम्बर १३ का खेलाडी समिरराज थोक्करले पाएका छन् । उनले नगद रु ३००० सहित म्यान अफ द म्याचको उपाधि पाएका हुन । आजको जीत सँगै विजयी टिमले आयोजक इस्ट स्टार क्लव मधुमल्ला सँग शुक्रबार दिउँसो २ बजे फाइनलका लागि मैदान उत्रिनु पर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय