jQuery(document).ready(function($){ //
});

नेपाली राष्ट्रिय फुटबल टोलीमा टकराव पैदा भएको छ । मुख्य प्रशिक्षक र खेलाडी बीचको सम्बन्धमा दरार पैदा भएपछि राष्ट्रिय टोलीभित्रको विवाद बाहिरिउको हो । एएफसी एसियन कप छनौट–२०२३ को छनौट खेलको तयारीमा रहेको नेपाली टोलीका ९ जना सिनियर खेलाडीले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारप्रति असन्तुष्टि जाहेर गर्दै प्रशिक्षण क्याम्प नै छाडेपछि विवाद छताछुल्ल भएको हो ।

कुवेती प्रशिक्षक अल्मुताइरीले टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङको अनुपस्थितिमा टोली सम्हालिरहेका मिडफिल्डर रोहित चन्दलाई प्रशिक्षण क्याम्पबाट बाहिरिन भनेपछि सोही विषयमा अन्य खेलाडीले प्रशिक्षकसँग छलफल गर्दा अल्मुताइरीले ती खेलाडीलाई पनि प्रशिक्षण क्याम्प छाडेर जान भनेपछि विवाद बढेको हो । एन्फा स्रोतका अनुसार प्रशिक्षकले अन्य खेलाडीलाई पनि खराब व्यवहार गरेपछि छलफलमा सामेल भएका ती खेलाडीले पनि प्रशिक्षण छाडेको बुझिएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

रोहित चन्द राष्ट्रिय टोलीका एक प्रमुख सदस्य हुन् । उनी पछिल्लो समय इन्डोनेसियामा लगातार लिग खेलिरहेका थिए । एसियन कप छनौटमा उनी सुरुअतबाटै प्रशिक्षण क्याम्पमा सामेल पनि थिए । एसियन कप छनौटको तयारीबारे रोहितले प्रशिक्षकसँग प्रश्न गरेपछि अल्मुताइरीले सन्किएर उनलाई प्रशिक्षण क्याम्प छाड्न भनेका थिए । रोहितलाई यसो भनेपछि अन्य खेलाडीले सो विषयमा प्रशिक्षकसँग छलफल गर्न खोजेका थिए । तर, उनीहरूप्रति पनि अल्मुताइरीले खराब व्यवहार गरेको अन्य खेलाडीले बताएका छन् ।

प्रशिक्षण क्याम्पबाट बाहिर हुने अन्य सिनियर खेलाडीमा अनन्त तामाङ, विशाल राई, विमल घर्ती मगर, दिनेश राजवंशी, सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, अन्जन विष्ट, सुमन लामा लगायत रहेका छन् । यी सबै खेलाडीले प्रशिक्षकको खराब व्यवहारका कारण आफूहरूले प्रशिक्षण क्याम्प छाडेको भन्दै एन्फालाई जानकारी समेत दिइसकेको बताइएको छ । खेलाडीको समूहले एन्फाका अधिकारीसँग छलफल गर्ने तयारी गरेका छन् ।

बाहिरी देशका प्रशिक्षक अल्मुताइरी यसअघि पनि पटक–पटक विवादमा परिसकेका छन् । यसअघि उनको विवाद एन्फाका अधिकारीसँग देखिए पनि यसपटक खेलाडीसँगै देखिएपछि यो विषय पेचिलो बन्ने देखिएको छ । सिनियर टोलीका केही खेलाडीसँग उनको लगातार तिक्तता रहँदै आएको बुझिएको छ । अल्मुताइरीले यसअघि पटक–पटक आफूले राजीनामा दिने भन्दै सामाजिक सन्जालबाटै धम्की दिँदै आएका पनि थिए ।

खेलाडी र प्रशिक्षक बीच विवाद बढेपछि अब यसलाई सुल्झाउने जिम्मेवारी एन्फामाथि परेको छ । नेपाली समर्थकमाझ निकै लोकप्रिय रहेका अल्मुताइरीलाई यसपटक भने दबाब पर्ने देखिन्छ । थुप्रै खेलाडीसँग उनको सम्बन्ध सुमधुर नरहेको र त्यसकै कारण पछिल्लो विवाद चर्किएको बुझिएको छ । सार्वजनिक रूपमा बेला–बेला हतारमा अभिव्यक्ति दिने अल्मुताइरीको शैलीबाट सिनियर खेलाडी खुसी नरहेको बताइन्छ ।

माल्दिभ्सबाट कप्तान किरण भन्छन्– ‘म खेलाडीको पक्षमा छु’

हाल माल्दिभ्सको क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका गोलकिपर तथा कप्तान किरणले सामाजिक सन्जालमार्फत् राष्ट्रिय टोलीमा देखिएको विवादबारे आफ्नो धारणा राखेका छन् । उनले खेलाडीले टोलीका समस्याका बारे प्रशिक्षकससँग कुरा राख्दा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु गलत रहेको बताएका छन् । किरणले प्रशिक्षक अल्मुताइरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै आफू खेलाडीको पक्षमा रहेको बताएका छन् ।

‘राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिकक्षबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ । राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छाड्न लगाउनु पक्कै पनि सही होइन । टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु । जय नेपाल,’ किरणले आफ्नो अफिसियल फेसबुक पेजमा लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय