jQuery(document).ready(function($){ //
});

फुटबलको चर्चित संस्था ‘हु स्कोर्ड’ले युरोपियन टप–५ लिग फुटबलमा यस सिजनको हालसम्मको उत्कृष्ट खेलाडीको सूची सार्वजनिक गरेको छ । सिजन सकिन लाग्दा सो संस्थाले हालसम्मको खेलाडीको प्रदर्शन र व्यक्तिगत सफलतालाई आधार मानेर उत्कृष्ट–१० खेलाडीको सूची तयार पारेको हो । ‘हु स्कोर्ड’ले यो उत्कृष्ट खेलाडीको सूची तयार पार्दा खेलाडीले मैदानमा खेलेको समय, गोल प्लस असिस्ट संख्या, म्यान अफ् द म्याच अवार्ड आदिलाई मुख्य आधार मानिएको छ । यो युरोपियन क्लब फुटलबका आधारमा तयार पारिएको सूची हो ।

प्रकाशित सूचीमा तीन खास दृश्य देख्न सकिन्छ । यो सिजन व्यक्तिगत रूपमा गोल गर्न नसकेर आलोचित बनेका फ्रेन्च क्लब लिओनल मेस्सीले राम्रो स्थान ओगटेका छन् । उनी टप–१० को तेस्रो स्थानमा छन् । पिएसजीमा अपेक्षा गरेजति गोल गर्न नसक्दा लगातार आलोचित बनेका र पिएसजीकै समर्थकबाट सार्वजनिक रूपमा पटक–पटक अपमानित बनेका मेस्सीलाई ‘हु स्कोर्ड’ले हाई रेटिङ दिँदै तेस्रो स्थानमा राखेको छ । मेस्सीले केही दिनअघि मात्रै करिअरको ३९औं उपाधिका नाममा लिग १ को उपाधि जिते पनि च्याम्पियन्स लिगका भने पिएसजीले बडा खराब हार भोगेर अन्तिम १६ बाटै आउट भएको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

यता, टिम निकै खराब हालतमा रहे पनि व्यक्तिगत रूपमा प्रभावशाली प्रदर्शन गरिरहेका इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डो भने टप–१० मै परेका छैनन् । गोल र असिस्टकै कुरा गर्दा रोनाल्डो मेस्सीभन्दा पनि अघि छन् । मेस्सीले पिएसजीमा समग्रमा ८ गोल र १३ गोलमा असिस्ट गर्दा रोनाल्डोले युनाइटेडका लागि २१ गोल र ४ गोलमा असिस्ट गरेका छन् । तैपनि, मेस्सी तेस्रो स्थानमा रहँदा रोनाल्डो १०औं स्थानमा पनि परेका छैनन् । व्यक्तिगत तथ्यांकको कुरा गर्दा यो सिजन मेस्सीभन्दा रोनाल्डो निकै राम्रो अवस्थामा छन् ।

त्यत्ति मात्रै हैन, यस सिजनको बालोन डिओरका लागि नम्बर १ दाबेदार मानिएका स्पेनिस क्लब रियल मड्रिडका फ्रेन्च फरवार्ड करिम बेन्जेमा मुस्किलले चौथो स्थानमा मात्रै छन् । उनी मेस्सीभन्दा पनि पछि परेका छन् । बेन्जेमा जो अहिले ला लिगाको सर्वाधिक गोलकर्ता, सर्वाधिक असिस्टकर्ता र च्याम्पियन्स लिगको पनि सर्वाधिक गोलकर्ताको दौडमा छन् । तर, उनी उत्कृष्ट खेलाडीको चौथो स्थानमा मात्रै रहनु निकै हाँस्यास्पद देखिन्छ । बेन्जेमाले यो सिजन हालसम्म ४१ खेलबाट ४१ नै गोल गर्दै १८ गोलमा असिस्ट पनि गरिसकेका छन् । योण् मेस्सीको भन्दा करिब तीन गुणा बढी हो ।

बेन्जेमा ती खेलाडी हुन्, जसले च्याम्पियन्स लिगमा पछिल्ला ३ खेलमा मात्रै दुई ह्याट्रिक गोल सहित ८ गोल गरेका छन् । तर, ‘हु स्कोर्ड’ले प्रकाशित गरेको उत्कृष्ट–१० खेलाडीको सूचीमा उनी मात्रै चौथो स्थानमा छन् । सूचीको पहिलो स्थानमा जर्मन क्लब बार्यन म्युनिखका फरवार्ड रोवर्ट लेवान्डोस्की रहेका छन् । दोस्रो स्थानमा पिएसजीका युवा स्टार केलियन एमबाप्पे रहेका छन् । इंग्लिस क्लब लिभरपुलका फरवार्ड मोहमद सालाह पाँचौं स्थानमा रहँदा स्पेनिस बार्सिलोनाका विंगर उसमान डेम्बेले पनि आठौं स्थानमा परेका छन् ।

‘हु स्कोर्ड’ले प्रकाशित गरेको उत्कृष्ट–१० खेलाडीको सूची यस्तो छ :

  1. Robert Lewandowski, 7.93
  2. Kylian Mbappe, 7.91
  3. Lionel Messi, 7.71
  4. Karim Benzema, 7.68
  5. Mohamed Salah, 7.68
  6. Joshua Kimmich, 7.63
  7. Christopher Nkunku, 7.62
  8. Ousmane Demeble, 7.60
  9. Neymar, 7.59
  10. Erling Haaland, 7.56

टप–१० तलको तस्बिरमा पनि हेरौं :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय