
वैशाख–स्थानीय तहको निर्वाचनको क्रममा झापाको दमक–४ वाट दमकका सामाजिक अगुवा तथा युवा व्यवसायी सुमन कार्कीको खुल्ला सदस्य पदमा उम्मेद्वारी परेको छ । दमकमा लोकप्रिय युवा नेता कार्कीले दमक–४ मा खुल्ला सदस्य पदमा स्वतन्त्र उम्मेद्वारी दिनुभएको हो ।
लामो समय दमकमा व्यवसायसँगै सामाजिक र परोपकार सेवाप्रती सक्रिय सुमन कार्कीको स्वतन्त्र उम्मेद्वार दर्ता भएसँगै चर्चा बढेको हो । कार्की खासगरी विद्यार्थी जीवनमा कम्युनिष्ट राजनीतिमा सक्रिय हुनुहुन्ग्यो । त्यसपछि, वहाँ नेकपा (एमाले) हुदै पछिल्लो समय नेकपा (एकीकृत समाजवादी) मा सक्रिय थिए ।
दमक चिया दोकान निवासी सुमन कार्कीले दमकमा कोरोना भाइरसको संक्रमणको समयमा लकडाउनले आजित स्थानीयवासीलाई राहतको सामाग्रीहरु लिएर घर घरमा पुग्नुभएको थियो । वहाँको सक्रियतामा दमकको दर्जनौ स्थानमा राहत सामाग्रीहरु लिएर लकडाउनमा हातमुख जोड्न नसक्ने गरिव र दुख्खीहरुको घर दैलोमा पुग्नुभएको थियो ।
वडा सदस्य पदका उम्मद्वार कार्कीले पटक पटक राजनीतिक दलका नेताहरुलाई मतदात गरेर पठायौं तर वहाँहरु निर्वाचित भएर पुगेपछि तिनै दलका नेता र कार्यकर्ताहरु भएर काम गरिरहेको र वडावासीले जनप्रतिनिधिको तर्फबाट पाउने काम र व्यवहार पाउने नसकेको बताउनुभयो । कार्कीका अनुसार यस पटक दमक ४ मा राजनीतिक दलका नेता वा कार्यकर्तालाई बिजय गराउनु भन्दा सामाजिक क्षेत्रका क्रियाशिल युवालाई गुलाफ चिन्हमा मतदाान गरेर बिजय गराउनुहोस ।