
वैशाख–स्थानीय तहको निर्वाचनको क्रममा झापाको दमक–८ वाट दमकका सामाजिक अगुवा तथा युवा व्यवसायी जय प्रसाद बिमलिले वडा अध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन् । दमकमा लोकप्रिय युवा नेता बिमलिले दमक–८ मा विवेकशील पार्टीको तर्फबाट वडा अध्यक्षमा उम्मेद्वारी दिएका हुन् ।
लामो समय दमकमा व्यवसायसँगै सामाजिक र परोपकार सेवाप्रती सक्रिय बिमलिको उम्मेद्वार दर्ता भएसँगै चर्चा बढेको हो ।
बिमलिले दमकमा कोरोना भाइरसको संक्रमणको समयमा लकडाउनले आजित स्थानीयवासीलाई राहतको सामाग्रीहरु लिएर घर घरमा पुग्नुभएको थियो । वहाँको सक्रियतामा दमकको दर्जनौ स्थानमा राहत सामाग्रीहरु लिएर लकडाउनमा हातमुख जोड्न नसक्ने गरिव र दुख्खीहरुको घर दैलोमा पुग्नुभएको थियो ।
वडा अध्यक्ष पदका उम्मद्वार बिमलिले पटक पटक राजनीतिक दलका नेताहरुलाई मतदान गरेर पठायौं तर वहाँहरु निर्वाचित भएर पुगेपछि तिनै दलका नेता र कार्यकर्ताहरु भएर काम गरिरहेको र वडावासीले जनप्रतिनिधिको तर्फबाट पाउने काम र व्यवहार पाउने नसकेको बताउनुभयो । बिमलिका अनुसार यस पटक दमक ८ मा राजनीतिक दलका त्यहि पुराना नेता वा कार्यकर्तालाई बिजय गराउनु भन्दा विचार भन्दा देशलाई माथी राख्ने पार्टी विवेकशील बाट उम्मेदवारी दर्ता गरेको सामाजिक क्षेत्रको क्रियाशिल युवालाई तराजु चिन्हमा मतदाान गरेर बिजय गराउनुहोस ।