
वैशाख–स्थानीय तहको निर्वाचनको क्रममा झापाको कमल–७ वाट कमलका सामाजिक अगुवा तथा समाज सेवि नैनकला सेडाइले वडा सदस्य पदको लागि उम्मेदवारी दिएकि छन् । कमलमा लोकप्रिय नेत्री सेडाइले कमल–७मा गठबन्धनको तर्फबाट खुल्ला महिला वडा सदस्यमा उम्मेद्वारी दिएकि हुन् ।
लामो समय देखि समाजको हरेक समस्या, बिकृति, बिसङ्गतिलाइ चिर्दै, सामाजिक र परोपकार सेवाप्रती सक्रिय सेडाइको उम्मेद्वार दर्ता भएसँगै चर्चा बढेको हो ।
सेडाइले कमलमा कसैलाई समस्या पर्दा हर समय साथ र सहयोग गर्दै आउनु भएको हो । वहाँको सक्रियतामा कमलको दर्जनौ स्थानमा राहत सामाग्रीहरु लिएर लकडाउनमा हातमुख जोड्न नसक्ने गरिव र दुख्खीहरुको घर दैलोमा पनि पुग्नुभएको थियो ।
वडा सदस्य पदकि उम्मद्वार सेडाइले पटक पटक राजनीतिक दलका नेताहरुलाई मतदान गरेर पठायौं तर वहाँहरु निर्वाचित भएर पुगेपछि तिनै दलका नेता र कार्यकर्ताहरु भएर काम गरिरहेको र वडावासीले जनप्रतिनिधिको तर्फबाट पाउने काम र व्यवहार पाउने नसकेको बताउनुभयो । सेडाइका अनुसार यस पटक कमल ७ मा राजनीतिक र सामाजिक क्षेत्रको क्रियाशिल व्यक्तिलाइ गोल आकार भित्रको हसिया हतौडा चिन्हमा मतदाान गरेर बिजय गराउनुहोस ।