jQuery(document).ready(function($){ //
});

झापाको दमकका एक युवकको भारतको दिल्लीमा शंकास्पद अवस्थामा शव फेला परेको छ ।गत वैशाख १९ गते पोल्याण्ड जान भनी घरबाट हिँडेका दमक–४ का २५ वर्षीय सृजन संग्रौला मृत भेटिएको उनका मामा कृष्ण सिग्देलले बताए । ‘दमकमा लेखापढी व्यवसाय सञ्चालन गर्दै आएका तारावहादुर खड्का र पदम अधिकारीले पोल्याण्ड पठाउने भन्दै भाञ्जासंग एक लाख भन्दा बढी रकम लिएको र उनलाई दिल्ली हुँदै उडाउने भनेर भारत पु¥याएर हत्या गरियो’– सिग्देलले भने ।पोल्याण्ड जान भनी हिँडेका भाञ्जा २७ गतेदेखि सम्पर्क विहीन थिए– उनले भने– आइतवार अचानक उनको मृत्यु भएको खवर त्यहाँ रहेका उनका साथीले दिए । ‘भाञ्जा बेपत्ता भएदेखि नै पोल्याण्ड पठाउने एजेन्टसँग हामीले उनको खोजी गरिदिन आग्रह गरेका थियौं तर, सुनेको नसुन्यैं गरे ।अहिले भाञ्जाको हत्या भएपछि पनि शव नेपाल ल्याउने प्रक्रियाका लागि सहजीकरण गरिदिन आग्रह गरेका थियौं, हाम्रो कुरा सुन्दैनन्– सिग्देलले भने – प्रहरीलाई उनीहरुबिरुद्ध किटानी जाहेरी दिँदा समेत लिन मान्दैन । पीडामाथि थप पीडा भयो । संग्रौलाको मृत्युको विषयलाई लिएर इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको तर प्रहरीले जाहेरी नै लिन नमानेको भन्दै उनले दुःखेसो पोखेका छन् ।पोल्याण्ड पठाउने कार्यमा संलग्नलाई समेत प्रहरी समक्ष ल्याएका थियौं, उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकका डीएसपी दिलीप गिरीले छाडेछन्– सिग्देलले प्रश्न गरे– छोरो मारेको जाहेरी लिएर आमा न्याय माग्दै इलाका आउँदा समेत उजुरी दर्ता नगर्नु कहाँसम्मको न्यायोचित कुरा हो ?यता इलाका प्रहरी कार्यालय दमकका डीएसपी गिरीले भने आफूहरु अनुसन्धानको प्रक्रियामा रहेको र आवश्यक कागजातसहित किटानी जाहेरी लिएर आए जाहेरी दर्ता हुने बताएका छन् ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय