
– आत्मा ज्ञान गुरु
मेष : (चु,चे , चो , ला ,लि ,लु,ले,लो,अ) : साथीसंगि को सहयोगले घरायसीकाम बन्ने छन भने तिर्थ या मनोरञ्जन स्थलको यात्रा हुनेछ।पारिवारिक अवस्थामा बिग्रीएका सम्बन्धमा सुधार आउनुका साथै अनयासै जिम्मेवारी थपिने छ। स्वास्थ्य अवस्थामा केही कमजोरी देखिने भएकाले बिशेष सतर्कता अप्नाउनु होला। बिध्यार्थीहरुका लागि बिधा क्षेत्रमा नयाँ अवसर एवम आफूलाई प्रमाणित गर्नपाउने समय रहेको छ ।
बृष : (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो) : बृषराशी हुनेहरुका लागि यो साता एक्दमै मूल्यवान रहेको छ धनको चोरी हुने वा फिजुल खर्चहुनका साथै आफूले कुनैकुरा खरिद गर्दा निकै ध्यान दिनुपर्ने देखिन्छ।मामलीजनमा परिआएको कष्टको खबरले केही तनाव गराउन सक्नेछ भने वैदेशिक क्षेत्रबाट भने केही शुभ खबर वा केही कुरा प्राप्ती हुनेछ।स्वास्थ्य सामान्य रहनेछ भने शिक्षा एवम रोजगारीका लागि पश्चिमको यात्रा हुनसक्ने देखिन्छ।
मिथुन : (क,कि,कु,घ,ङ,छ,के,को,ह) : आफ्नो साचेर राखेको कार्यलाई पूरा गर्न र योजना लाई गति दिन राम्रो समय रहेको छ। समाजिक क्षेत्रमा भने निकै सजक बन्नु पर्ने अनावश्यक तर्क दिननहुने र बिबादमा पर्ने कार्यबाट टाडा रहनाले दीर्घकालीन फाईदा हुन सक्छ।स्वास्थ्यमा समस्या आउनले बुधबार पछिको समय भने केही सुधार रहने र साताको अन्त्यमा केही रोचक खबर प्राप्ती हुनेयोग रहेको छ।
कर्कट : (हि,हू,हे,हो,डा,डि,डू,डे,डो) : तपाईको यो साता एक्दमै उन्नतीमय बन्नसक्छ।जिवनमा आएका उतारचढाव तथा लामो समय देखि साचिएका कुनै पनि कार्यलाई दाजुभाईका सहयोगले पूरा गर्न सकिनेछ।दिदिबहिनि लगायत स्त्री जाती संग केही मनमोटाव रहनसक्छ भने बिहिबार देखि समय राम्रो रहनेछ।उत्तर दिशाको यात्राले मनलाई आनन्दित बनाउनेछ भने शिक्षा क्षेत्रमा रहेका ब्यक्तीहरुका लागि कुनै राम्रो नतिजाफल प्राप्त हुनेछ।
सिंह :(मा,मि,मु,मे,मो,टा,टि,टु,टे) : सामाजिक कार्य तथा न्यायिक कार्यमा सारिक बनेर सामाजिक सम्मान तथा कुनै पनि पिडितलाई न्यायदिलाउन भूमिका खेल्न समय रहेकोछ।यात्राबाट फर्किएका ब्यक्ती तथा आफन्तजन संग भेटघाट हुने तथा बिशेष लाभहुने देखिन्छ।आफू संग लामो समय देखि संचय गरेर राखेको धन ब्यय हुनसक्छ भने यो समय धन खर्चिने वा सापटी दिनेकुरामा बिशेष सजक रहनुहोला । सामान्य छातीको दुखाई तथा टाउको दुख्नाले मंगलवार सम्म मध्यम कार्य गर्नुहोला ।
कन्या : (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) : प्रेमीहरुका लागि मिलनको समय रहेको छ भने बिबाह भएकाहरुका लागि भने सम्बन्ध सुमधुर बनाउन मद्धत मिल्ने समय रहेको छ।बाहानको लाभ लिन सकिने नयाँ व्यावसायिक कार्यलाई अगाडी बढाउन सकिने तथा बैबाहिक कार्य एवम माङ्गलिक कार्यमा अगाडी बढ्न उचित समय रहेको छ।पेशा तथा ब्यबासयीक हिसाबले समय राम्रो छ।स्वास्थ्य सामान्य रहनेछ भने बुधबारमा स्वस्थ्यमा समस्या आउने भएकाले बुधबार पछि लामो दुरीको यात्रा नगर्नु होला ।
तुला : (रा,री,रु,रे,रो,ता,ती,तु,ते) : तपाईहरुको गोपनिय कुराहरु अरुमार्फत बाहिरिन सक्नेछन त्यसैले यो समय आफ्नो कुराहरु सकेसम्म गोप्य राख्नु होला।यो बेला तपाईको समय आफ्ना सोखहरु पुरागर्न, महङ्गो सामाग्री खरिद गर्न , बिबाह , पार्टी , भोज ईत्यादीमा सामिल हुँदै समय बित्नेछ।तपाईको लागि यतिबेला समय निकै खर्चिलो देखिएको छ।स्वास्थ्य अवस्था भने मध्याम रहेको छ हातजोर्नीको दुखाई तथा पेट सम्बन्धि समस्या आउन सक्ने भएकोले बिशेष रात्री भोजनमा ध्यान दिनु होला।
बृश्चिक : (तो,ना,नि,नू,ने,नो,या,यी,यू) : समय मध्यम छ यो बेला आफ्ना प्रतिस्पर्धा गर्नेहरु बलियो देखिनेछन।आफ्ना कार्यलाई सफल तुल्याउन यो समय हतार नगरी दिदिबहिनी एवम माताको साथ र सल्लाह लिनुहोला।यो समय लामो दुरीको यात्रा नगरेको राम्रो भने पानी प्रसस्त मात्रामा पिउनु होला।यो बेला तपाईलाई विभिन्न गोप्य कुराहरु सुनेर दु:ख लाग्न सक्छ भने यो बेला सकेसम्म हरियालीमा रमाउनाले तपाईलाई आनन्दित एवम उर्जात्मक बनाउनेछ। यो बेलामा आफूले सकेसम्म नयाँ योजना तयार गरेपनी थालनिनगर्नु होला ।अनावश्यक ऋण बढ्ने समय भएकोले फिजुल खर्चलाईमा नियन्त्रण गर्नतर्फ ध्यानदिनुहोला ।
धनु : (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : यति बेला तपाईलाई पेट सम्बन्धी समस्याले सताउन सक्छ भने आयाआर्जनमा केही समय यता कमि आउने देखिन्छ।फिजुल वा मुफ्त्तका कार्यहरुको भार थपिने साथै अरुले तपाईबाट आशागरेर तपाईबाट सहयोग माग्ने भएकाले आफू कुनै अनावश्यक जिम्मेवारीबाट पन्सिनु वा कसैको जिम्मेवारी नलिनु उचित हुन्छ।यतिबेला घरायसी समस्याले सताउनुका साथै पुराना मित्रहरुले मन खल्ले हुने गरि कटाक्ष गर्ने भएकाले कतै कसैको कुरा नसुन्नु होला ।यो साता पछि भने समय मध्यम रहनेछ।
मकर : (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) : तपाईको यो समय अलिक कामकार्यमा ढिलासुस्ती हुने भएकाले काम देखि वाक्क लाग्न सक्छ।यो समय आफ्नो भन्दा अरुको कार्यमा समय खर्चिनु पर्नेछ भने सामाजिक आलोचना समेत खप्नु पर्नेछ।आफ्ना सहकर्मी वा सहयात्रीले आफूभन्दा प्रगती गरेर आफूलाई लज्जित बनाउने प्रयास गर्नेछन।यति बेला सकेसम्म आफूले मज्दुर , कामदार , कर्मचारी संग समय बिताउन आफ्नो लागि आउदो दिनमा फाईदा हुने देखिन्छ।यो समय तपाईको खुट्टामा समस्या आउन सक्छ भने बाहानको खरिद वा बिक्रीमा एक्दम सजक हुन जरुरी देखिएको छ ।तपाईको निर्णय यो समय घातक बन्न सक्ने भएकाले हतासमा निर्णय नगर्दा आउदो शुक्रवार पछि देखि राम्रो हुनेछ।
कुम्भ : (गु,गे,गो,सा,सी,सु,से,सो,द) : यो राशीका ब्यक्तीका लागि समय प्रयोगात्मक एवम परिक्षात्मक रहेको छ।यो बेला तपाईको पुराना स्थानहरुको यात्राहुन सक्छ भने कर्मचारीहरुका लागि यो समय फाईदाजनक देखिएको छ।यति बेला तलब वृद्धि हुने, बोनस वा कुनै सम्मानस्वरुप राज्य वा सम्बन्धित कार्यक्षेत्रबाट फाईदा मिल्नेछ।यो समय वैदेशिक रोजगारीका लागि राम्रो छ। कागजपत्र सम्बन्धि कार्यमा बिशेष ध्यान दिनुहोला।यो समय आफ्ना आफन्तहरु संग समय बित्नेछ। स्वास्थ्य र शिक्षा क्षेत्र भने सामान्य रहनेछ।
मीन : (दी,दू,थ,झ, ञ,दे,दो,च,ची) :समय आफ्नो अनुकूल रहेकोले यो बेला सुखद रहनेछ।उपहारहरु प्राप्त हुन सक्ने , भोज ,मिष्ठान्न भोजन , रमझम एवम उत्साहमा समय बित्ने देखिन्छ।यो बेला आय र ब्यय उस्तै हुनेछ भने यो बेला गरिएका लगानी वा निर्णयले आउदो समयमा राम्रो फाईदा दिलाउने देखिन्छ।शिक्षा क्षेत्रमा भने राम्रो प्रगती हुने देखिन्छ।मानसम्मान बढ्नुका साथै समाजमा आफ्ना कुराहरु प्रिय हुन सक्छ्न। अनावश्यक तर्क वा कसैको निजि मामिलामा कुनै तर्क नगर्नु होला। यतिबेला सम्बन्धका लागि बिशेषगरेर प्रेमीप्रेमिकाका लागि भने समय अन्तै बित्ने आफ्ना प्रियजन भन्दा टाढा जानुपर्ने सम्म हुन सक्छ्। यो समयमा बिग्रेका समबन्धमा लामो समय सम्म पनि मिलाप नहुन सक्छ।
नोट: राशीफल भनेको राशिहरुको भाव अस्वस्था तथा तिनमा बसेकाग्रहको अवस्थालाई हेरेर लिखिने/ भनिने भएकाले जीवनमा हुबहु नमिल्न सक्छ। हाम्रो जिवनलाई नितान्त कर्मले बदल्ने भएको हुँदा कर्म गर्न भने छोड्नु हुदैन। राशी भन्दा बिशेष जन्मकुण्डली स्थित ग्रहको अवस्था हुने भएकाले थपजानकारीका लागि नजिकै चिनेका जानेका ज्योतिष संग उचित परामर्श लिदै सकारात्मक सोचका साथ अगाडि बढ्न सबैमा अनुरोध गरिन्छ।