
जेठ-९,झिलझीले झापा ।
मिति २०७९।०२।०८ गते अं.०९:१५ बजे जिल्ला झापा शिवसताक्षी न.पा. वडा नं.११ दुधे स्थित बिशेष सुचनाको आधारमा ई.प्र.का.झिलझिले र लागुऔषध नियन्त्रण ब्युरो काकाड्भिट्टाबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा भद्रपुर न.पा. वडा नं.७ बस्ने बर्ष १९ को हरदिप राजबंशी,देश भारत प्रदेश बंगाल दार्जिलिङ बस्ने बर्ष २२ को सुरेन मरमन र ऐ. बस्ने बर्ष २३ को अर्जुन रोय सहितलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ २ सय ३ ग्राम ४ सय १० मिलिग्राम , ३८,७३०।- रुपैया नगद र निजहरुले चलाई ल्याएको प्र.१-१०-१५-प ४२१८ र WB74V6439 नं.को मोटरसाइकल सहित फेला परेकोले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय झिलझीलेमा राखी थप अनुसन्धान कार्य भइरहेको छ।