jQuery(document).ready(function($){ //
});

विद्युत र सञ्चारको विकास र पहुँच विस्तारसँगै सम्पूर्णको जीवन सहज भएको छ । नेपालमा त पछिल्लो केहि दशकमा भएको केबल र इन्टरनेटको पहुँच विस्तारलाई एक किसिमको आधुनिक क्रान्ति नै भन्न सकिन्छ । क्रान्तिसँगै प्रतिक्रान्ति आउँछ भने जस्तै प्रविधिसँगै भित्रिएका जताततै गन्जागोल देखिने । कतै जालो जस्ता जेलिएका, कतै बाटो मै झरेका तारहरुले भने सहरको सुन्दरतालाई घटाएको छ । बटुवा र गाडीहरुलाई समेत यस्ता तार धराप बन्न थालेका छन।

विद्युत प्रशारण गर्ने एकै मात्र निकाय भएकोले तथा विद्युत अलि बेसी संवेदनशील विषय भएकोले होला छिटपुट बाहेक बिजुलीका तारहरु अव्यवस्थित देखिँदैनन् । केबल र इन्टरनेट कम्पनी भने अनेकन छन् ।सबैका आआफ्नै तारहरु छन् । ती तारहरुको छिटो छरितो मर्मतसंभार गरेको देखिँदैन । पूराना भएका तारहरु पोलमा यत्तिकै बेबारिसे छोडिएका हुन्छन् । ग्राहकहरुले समेत केबल र इन्टरनेट कम्पनी फेरेपछि पुराना तार यत्तिकै छोडिदिएको देख्न सकिन्छ । यी नै अव्यवस्थित तारको जालो चोकचोकमा देखिनुको प्रमुख कारणहरु हुन् भन्दा अतिशयोक्ति नहोला ।

RAWA Hills Town Property

RAWA Hills Town Property

केहि समय अघिमात्र दमकमा एक युवक स्कुटर चलाउँदै गर्दा यस्तै बाटोमा झरेको तारमा अल्झिएर लड्न पुगेका थिए । यस्ता धराप बन्न सक्ने तारहरुमा दुर्घटना भएर जनधनको क्षति भए त्यसको जिम्मा कसले लिने ? क्षतिपूर्ति कसले दिने ? शारीरिक र मानसिक पीडा अनि आर्थिक क्षतिको भर्पाई कसले गरिदिने ? प्रश्न गम्भीर छ !

तार व्यवस्थापनका लागि जिम्मेवार को हो ? विद्युत प्राधिकरण या केबल र आइएसपीहरु या स्थानिय निकाय ? या यी सबै ? जिम्मेवार निकाय जो कोहि भए पनि यसको उत्तर दिनु जरुरी छ र तार व्यवस्थापनमा ध्यान दिनु जरुरी छ । प्रश्न जति टड्कारो छ । यसको समाधान यथाशिघ्र खोजिनु पनि झन् ज्यादा महत्वपूर्ण छ ।

देशका स्थानिय निकायहरुमा नयाँ जनप्रतिनिधिहरु आउनु भएको छ । उहाँहरुलाई आफ्नो व्यवस्थापकीय क्षमता प्रदर्शन गर्ने उपयुक्त क्षेत्र पनि हुन सक्छ तार व्यवस्थापन । हेर्दा र सुन्दा सामान्य लाग्ने तर अत्यन्त महत्वपूर्ण यस्ता सानासाना कुराहरुमा सुधारले नै विस्तारै अनुभूत गर्न सकिने परिवर्तन ल्याउँछ भन्ने कुरा हाम्रा जनप्रतिनिधिहरुले पनि सायद बुझ्नु नै हुन्छ होला ।

तारहरु चिटिक्क देखिए भने सहर नै चिटिक्क देखिन्छ । नवनिर्वाचित जनप्रतिनिधि आउनासाथ सहर सुन्दरता उन्मुख भएको देखिए जनप्रतिनिधिहरु प्रति जनताको विश्वास अझै प्रष्फुटित भएर जाने नै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय