jQuery(document).ready(function($){ //
});

हिजो बेलुका ५ बजे आकाशे पुल मुनि भेला भएर नमुना मार्ग पुगि सुस्मिताकाे न्यायकाे लागि स्वतन्त्र युवा अभियान ,दमक, वडा युवा संजाल वडा न.७ ,दमक अब पालाे युवाकाे अभियानद्वारा शान्तिपूर्ण ढङ्गबाट बिराेध कार्यक्रम गरेको छ भने उक्त कार्यक्रमको संयोजन सुरज शर्मा बन्जाराले गर्नु भएको थियो।

अभियानमा संलग्न अभियानता मनाङ लिम्बुले देशमा बढ्दो हत्या,हिंसा,बलात्कार जस्तो घटनामा राज्यले आफ्नो ध्यान दिन नसकेको र समयमा अपराधी पक्राउ नपर्दा थप घटनाहरु घटने क्रम बढ्दो रहेकोले यो एउटा दबाब मुलक कार्यक्रम आयोजना गरेको बताए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

त्यसतै कार्यक्रममा बोल्दै संचारकर्मी अबिन लिम्बुले जब सम्म यहाँ सुनेर,हेरेर बस्ने जनताहरु प्ले कार्ड हातमा लिएर ब्यानर लिएर सडकमा उत्रिनु हुदैन तब सम्म केही परिवर्तन नहुने बताए।उनले थप्दै भने जबसम्म तपाईं बोल्न डराउनु हुन्छ तब सम्म तपाईं माथी बलात्कार जस्ता घटनहरु घटी राख्ने बताए।

अभियानमा संलग्न अभियानकर्मीहरुले कानुनमा को रहेछ बलात्कारी पो रहेछ जस्ता नाराहरु लगाउनका साथै प्ले कार्डहरु बोकेर नमुना मार्ग दमकमा उभिरहेको थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय