
सरकारले पत्रकारलाई तालिम दिन प्रतिष्ठान खोल्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा यस्तो उल्लेख छ।
पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाममा प्रशिक्षण प्रतिष्ठान खोल्ने नीति तथा कार्यक्रममा लेखिएको छ।
‘सञ्चार क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता विकास गर्न कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा ल्याइनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ।