
मिति २०७९।०२।१० गते अं. ११:४५ बजे का.जि.का.म.न.पा. वडा नं.०७ चाबहिल स्थित रहेको एउटा कलेजको कोर्ष को-अर्डिनेटर र शिक्षकले आफ्ना नाबालिका छोरीहरुलाई यौन दुर्ब्यवहार गरेका लगायत उल्लेख गरी तीन जना नाबालिकाको तर्फबाट निजका अभिभावकहरुले प्रहरी बृत्त गौशालामा जाहेरी दरखास्त दिनासाथ प्रहरीद्वारा उक्त जाहेरी दरखास्त दर्ता गरी पीडित नाबालिकाहरुको बिस्तृत स्वास्थ्य परीक्षणको लागि प्रसुती गृह अस्पताल थापाथली लगी स्वास्थ्य परीक्षण लगायतको कार्य सम्पन्न गरिएको ।
प्रहरीद्वारा उक्त घटनालाई असाध्यै गम्भीरताका साथ लिई तत्कालै अनुसन्धानका बिविध बिधि र प्रविधिहरुको प्रयोग गरी सुक्ष्म तवरले अनुसन्धान शुरु गरिएको ।
संलग्न रही फरार रहेका निम्न लिखित कोर्ष को-अर्डिनेटर र शिक्षकलाई बिशेष प्रहरी टोलीद्वारा ब्यापक खोज तलास गरी नियन्त्रणमा लिइएको ।
निम्न:
क) पक्राउ परेका ब्यक्तिहरु:
१. जिल्ला काभ्रेपलाञ्चोक साविक सापिङ गा.बि.स. वडा नं.०४ हाल परिवर्तित भुम्लु गा.पा. वडा नं. ०१ हाल का.जि. कागेश्वरी मनोहरा न.पा. वडा नं. ०८ बस्ने वर्ष ४७ को जनार्दन अधिकारी- कोर्ष को-अर्डिनेटर ।
२. जिल्ला काठमाण्डौ कागेश्वरी मनोहरा न.पा. ०७ घर भई ऐ. बस्ने वर्ष ५१ को राजन कुमार पौडेल- शिक्षक ।
निज जर्नादन अधिकारी र राजन कुमार पौडेल उपर मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २२५ को बाल यौन दुरुपयोग गर्न नहुने सम्बन्धी कसूर मुद्दामा सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट दिन-५ को म्याद थप अनुमति लिई प्रहरी बृत्त गौशालाबाट थप अनुसन्धान भई रहेको ।