jQuery(document).ready(function($){ //
});

जनसरोकारसँग सम्बन्धित विभिन्न चार बुँदे माग राख्दै भाइरल म्यान पुन्य गौतमले आजबाट अनशन सुरु गर्नु भएको छ । 
हालै एमाले प्रवेश गर्नुभएको गौतम गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ को कार्यालय अगाडि अनशन बस्न लाग्नुभएको हो । गौतमले आफूसँगै अनशन बसेर साथ दिन अरूलाई पनि अपिल गर्नुभएको छ । 

सुरुको चरणमा उहाँलाई एमालेकै समर्थक तिलक कार्कीले साथ दिने हुनुभएको छ । 
आफू आमरण अनशन बस्ने र अरूले रिले अनशन बसेर साथ दिन सक्ने गौतमले बताउनुभयो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

पेट्रोलियम पदार्थ र खाने तेलको मूल्यवृद्धि फिर्ता लिनुपर्ने गौतमको पहिलो माग छ ।दोस्रो बुँदामा उहाँले नेपाल विद्युत् प्राधिकरणले ग्राहकबाट लिइरहेको न्यूनतम चार्ज घटाउनुपर्ने माग राख्नुभएको छ । 

यसै गरी, सरकारले जेठदेखि लागू गरेको आइतबारे बिदा खारेज गर्नुपर्ने र निजी विद्यालयहरूले गरेको शुल्क वृद्धि फिर्ता लिनुपर्ने पनि उहाँको माग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय