jQuery(document).ready(function($){ //
});

विराटनगर । मोरङको मिक्लुङ सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष सन्तोषकुमार लावतीसहित ५ जना पदाधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
अख्तियारले वनको रकम हिनामिना गरेको भन्दै लावतीविरुद्ध ९ लाख ७७ हजार ३४९ रूपैयाँ बिगो कायम गरी विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।
समितिका तत्कालीन सचिव देवन्द्र कार्कीविरुद्ध ८ लाख १६ हजार ७४९ रुपैयाँ, तत्कालीन कोषाध्यक्ष भीमा लम्साल ढकालविरुद्ध ७ लाख २ हजार ३४९ रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता गरेको छ ।
त्यस्तै तत्कालीन आपूर्ति संयोजक रामप्रसाद पौडेलविरुद्ध ३ लाख ८४ हजार १४९ रुपैयाँ र लेखापरीक्षक चन्द्रबहादुर बस्नेतविरुद्ध पनि मुद्दा दर्ता गरेको छ ।
वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीहरू र लेखापरीक्षकको मिलेमतोमा सामुदायिक वनरुपी संस्थालाई नोक्सानी र आफूलाई फाइदा पुग्ने गरी काम गरिएको ठहर गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
प्रचलित कानूनविपरीत फर्जी बिल भरपाई पेश गरी वन कार्यालयको कुनै पनि निकायहरूसँग समन्वय एवं पत्राचार तथा निर्देशन नलिई आफूखुशी मूल्य अवमूल्यन गर्ने, काठ निशुल्क बाँड्ने तथा सालको काठलाई कूकाठ वा दाउराको रुपमा मूल्याङ्‍कन गर्ने काम गरिएको अभियोगपत्रमा उल्लेख छ ।
परिमाण घटाई बिक्री वितरण गर्ने जस्ता वन पैदावार संकलन तथा बिक्री वितरण निर्देशिका, २०७३ विपरीतका कार्य गरी संस्थामा आम्दानी नदेखाई रकम हिनामिना गरेको पुष्टि हुन आएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साभार हाम्रोमत

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय