jQuery(document).ready(function($){ //
});

सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला पक्राउ परेका छन्। सर्वोच्च अदालतले कर्तव्य ज्यानसम्बन्धी मुद्दाको सजाय उच्च अदालतले तोकेकै कायम गरेपछि कोइरालालाई पक्राउ गरिएको हो।

उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले कोइरालालाई नयाँ बानेश्वरबाट पक्राउ गरिएको पुष्टि गरे।

RAWA Hills Town Property

RAWA Hills Town Property

उनका अनुसार कोइरालालाई अहिले महाशाखामा लगिएको छ। अब उनलाई बाँकी कैद भुक्तानका लागि डिल्ली बजार कारागार पठाइँदैछ। 

पत्नी हत्यामा दोषी ठहर कोइरालाले अझै साढे ११ वर्ष कैद भुक्तान गर्न बाँकी छ। 

सर्वोच्च अदालतले बिहीबार कोइराला प्रतिवादी रहेको कर्तव्य ज्यान मुद्दाको आफ्नै फैसला उल्ट्याएको थियो।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू टंक बहादुर मोक्तान र डा कुमार चुँडाल रहेको पूर्ण इजलासले मुद्दाको पुनरवलोकन गर्दै केही उल्टीको फैसला गरेको थियो।

पूर्ण इजलासले कोइरालालाई जन्म कैदको सजायमा सहुलियत दिन नसकिने फैसला सुनाएको थियो।

यसअघि गत असार १५ गते निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालालाई सजायमा सहुलियत दिने फैसला सुनाएको थियो।

फैसलामा चित्तमा लागेको भन्ने शब्द राख्दै राणाले तजबिजी अधिकार प्रयोग गरेका थिए । 

महान्याधिवक्ता कार्यालयले ११ साउन २०७७ मा श्रीमती गीता ढकालको हत्यामा दोषी ठहरिएको कोइरालालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कैद सजाय घटाउन गरेका फैसलाविरुद्ध पुनरवलोकन रिट दायर गरेको थियो।

२०६८ सालमा श्रीमतीको हत्या गरी शवसमेत नष्ट गरेका तत्कालीन डीआईजी कोइरालालाई २०७१ वैशाख ७ गते काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।

जिल्ला अदालतले हत्याबाट नै श्रीमती गीता ढकालको मृत्यु भएको ठहर गरेको थियो। पुनरावेदन अदालत पाटनले पनि त्यसैलाई सदर गरेको थियो। 

जेल सजाय भोगिरहेका कोइरालालाई सर्वोच्च अदालतले गत असार दोस्रो साता फैसला गर्दै २० वर्षको कैदलाई साढे ८ वर्ष हुने भनी सजाय घटाएको थियो। सर्वोच्चको फैसलापछि कोइराला जेलबाट रिहा भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय