jQuery(document).ready(function($){ //
});

युईएफए च्याम्पियन्स लिग फुटबलमा आज सिजन २०२१–२२ को उपाधिका लागि जहाँ स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्लब लिभरपुल बीच रोमाञ्चक खेल हुँदैछ । फाइनल खेल फ्रान्सको राजधानी पेरिसस्थित स्टेड डे फ्रान्स रंगशालामा नेपाली समय अनुसार राति ठीक १२ः४५ बजेबाट सुरु हुनेछ । यो सिजनको सबसे ठूलो खेल हो ।

रियल यो प्रतियोगिता १३ पटक जितिसकेको र आज १४औं पटक जित्ने होडमा रहेको टोली हो भने लिभरपुलले हालसम्म ६ पटक यो प्रतियोगिता जितेको छ । रियलले अन्तिमपटक सिजन २०१७–१८ मा च्याम्पियन्स लिग जितेको थियो भने लिभरपुलले सिजन २०१८–१९ मा जितेको थियो । यो सिजन रियलले ला लिगा र सुपर कपको उपाधि जितेको छ भने लिभरपुल पनि आज राति तेस्रो उपाधि जित्ने होडमा छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

आजको खेल हुँदा योर्गेन क्लोपको टिम लिभरपुल रियलसँग २०१८ मा भोगेको हारको बदला लिने प्रयासमा हुनेछ । रियल लिभरपुलविरुद्ध ब्याक टु ब्याक जित निकालेर उपाधि चुम्ने प्रयासमा छ । रियलले फाइनल पुग्दा अन्तिम १६ मा पिएसजी, अन्तिम आठमा चेल्सी र अन्तिम चारमा म्यानचेस्टर सिटीलाई पराजित गरेको थियो ।

यता, लिभरपुलले अन्तिम १६ मा इन्टर मिलान, अन्तिम १६ मा बेनफिका र अन्तिम चारमा भिल्लारियललाई हराएको थियो । तुलनात्मक रूपमा फाइनल यात्राको दौरान लिभरपुलभन्दा रियलले कठिन खेलहरू खेलेको छ । रियलले अन्तिम १६, अन्तिम आठ र अन्तिम चार तीनै चरणमा निकै सनसनीपूर्ण जित निकालेको थियो । फाइनल खेल हुँदा रियल उच्च मनोबलमा हुनेछ ।

दुई टिमको अवस्था र सम्भावित प्लेइङ ११

च्याम्पिन्स लिगको उपाधि भिडन्त हुँदा लिभरपुलको टोलीमा चोट र प्रतिबन्धको ठूलो तनाव छैन । यसअघि शंकामा रहेका डिफेन्डर भर्जिल भान डाइक र फरवार्ड मोहमद सालाह चोटमुक्त हुँदै टोलीमा फर्किसकेका छन् । उनीहरू दुवै फाइनल खेल्न तयार छन् । चोटिल रहेका एक मात्रै खेलाडी डिभोक ओरिगी रहेका छन् । खेल्नेमा शंका रहेका जोए गोमेज रहेका छन् ।

यता, रियल मड्रिडलाई पनि चोट र प्रतिबन्धको ठूलो पिर छैन । इडेन हाजार्ड चोटमुक्त हुँदै टोलीमा फर्किएर आज रातिको खेल खेल्न तयार छन् । तर फरवार्ड ग्यारेथ बेल र डिफेन्डर डेभिड अलबा १०० प्रतिशत फिट रहेकोमा थोरै शंका छ । यस बाहेक अन्य सबै खेलाडी ठीकठाक टोलीमा उपलब्ध छन् ।

Real Madrid Predicted XI (4-3-3): Thibaut Courtois; Ferland Mendy, Nacho, Eder Militao, Dani Carvajal; Casemiro, Toni Kroos, Luka Modric; Federico Valverde, Vinicius Junior, Karim Benzema

Liverpool Predicted XI (4-3-3): Alisson Becker; Trent Alexander-Arnold, Ibrahima Konate, Virgil van Dijk, Andrew Robertson; Fabinho, Jordan Henderson, Thiago Alcantara; Luis Diaz, Sadio Mane, Mohamed Salah

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय