
मोरङको कटहरी गाउँपालिका–१ महेशपुरमा बिहान एक जना पुरुषको शव भेटिएको छ ।
हत्या गरेर शव फ्यालेको हुनसक्ने प्रहरीको आशङ्का गरेको छ। कटहरी–२ आदर्श टोलका ५० वर्षीय तुलसी श्रेष्ठको शव सडक छेउको नालीनजिकै बाँझो खेतको डिलमा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार आँखामाथि निधारको भागमा चोट रहेको अवस्थामा शव भेटिएको हो भने पोस्टमार्टमका लागी कोशी अस्पताल लगिएको छ।