jQuery(document).ready(function($){ //
});

पोखराबाट उडेको तारा एयरको जहाज अझै सम्पर्कमा आएको छैन ।

जोमसोमका लागि उडेको उक्त जहाज मुस्ताङको लेतेमाथीको डाँडामा दुर्घटना भएको आशंका गरिएको छ । तर, पुष्टि भएको छैन ।

RAWA Hills Town Property

RAWA Hills Town Property

जोमसोमबाट भर्खरै खोजीका लागि हेलिकोप्टर उडेको छ । मौसम खराव भएका कारण समस्या भैरहेको जोमसोम विमानस्थलले जनाएको छ ।

मुस्ताङका सिडिओ भन्छन्- टिटीतिर आवाज आएको भनेर सूचना पाएका छौं

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङ स्थित टिटी डाँडातिर दुर्घटना भएको हुन सक्ने बताइएको छ । लेतेनजिकै टिटी डाँडामा ठूलो आवाज आएको सूचना स्थानीयले दिएका मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

‘पुष्टी भएको छैन । भएपछि हामी खबर गर्छौं,’ उनले भने, ‘लेते नजिक टिटी क्षेत्रमा दुर्घटना भएको आशंका छ । स्थानीयले ठूलो आवाज त्यहाँ आएको भनेका छन् ।’ जहाज खोज्न जोमसोमबाट हेलिकोप्टर उडिसकेको बताइएको छ । उक्त जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय