jQuery(document).ready(function($){ //
});

अभिनेता कबिर खड्का ‘लण्डन टु पेरिस’मा अनुबन्धित भएका छन् । निर्माण टिमले केही समयअघि अभिनेता खड्कासँग लिखित सम्झौता गरेका थियो । सिनेमाको मुख्य अभिनेत्रीको रुपमा यसअघि नै साम्राज्ञी राज्यलक्ष्मी शाह र गरिमा शर्मा फाइनल भैसकेका छन् ।

सिनेमामा मुख्य भुमिका रहने अर्का एक अभिनेता चाँडै सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ । अर्का अभिनेता पनि फाइनल भैसेका भएपछि फोटोसुट र फस्टलुकसहित सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ । सिनेमाको अहिले कान्तिपुर फिल्म एकेडेमीमा धमाधम वर्कसप चलिरहेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

असार दोस्रो साताबाट फ्लोरमा जाने सिनेमालाई घनश्याम लामिछानेले निर्देशन गर्दैछन् । उनले यसअघि समिक्षकले रुचाएका सिनेमा धौली, पञ्चेबाजा र अग्निदहन निर्देशन गरिसकेका छन् । आधुनिक प्रेमकथामा निर्माण हुने सिनेमाको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । सिनेमा असार दोस्रो सातबाट फ्लोरमा जानेछ ।

अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहेको सिनेमाका सह-निर्माता अजित सिंह हुन् । एबी इन्टरनेशनलले निर्माण गरेको सिनेमा ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ । यही टिमले अहिले बेलायतका विभिन्न सहरमा ‘हनी बनी’को छायांकन गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय