jQuery(document).ready(function($){ //
});

विश्व भर रहेका झापालीहरुको साझा संगठन अझासको २०२१/०२३ कार्यकालका लागी रिक्त रहेका विभिन्न पदहरुमा पद परिपुर्ति गरेको छ ।
समाजको मे २९, २०२२ मा बसेको कार्यसमिति पुर्णता दिने बैठकले प्रवक्ताः खेमराज जम्मर कट्टेल (इजरायल), सचिबः इन्द्र ओली (बेल्जियम), कोषाध्यक्षः अजय श्रेष्ठ (द.कोरिया), क्षेत्रिय संयोजक (एशिया, हङकङ)- त्रिभुवन लुङफुङवा, क्षेत्रिय सह संयोजक क्रमसः मुकेश खनाल (एशिया, द.कोरिया), इन्द्र न्यौपाने (ओसनिया, अष्ट्रेलिया), गणेश प्रसाई (युरोप, आयरल्याण्ड), सदस्यः रमा बुढाथोकी (इजरायल) मनोनित गरिएको बताईएको छ ।

विश्वभर रहेका झण्डै ४२ वटा राष्ट्रमा रहेका झापाली समाजहरुको छाता संगठन अन्तराष्ट्रिय झापाली समाजले नेपाल लगायत झापाका विभिन्न ठाउहरुमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । कोभिड १९ कारणले विश्व मानवजगत नै थलापरेको अवस्थामा गत बर्ष झापामा एकका लागी एक अभियान संगको सहकार्यमा पहिलो पिसिआर मेसिनको स्थापना, १०० थान अक्सिजन सिलिण्डर र झापाका प्रत्येक पालिकाहरुमा पिसिआर किट, पिपिई लगायत विभिन्न ठांउमा गकेर झण्डै ६० लाख नेपाली रुपैया बराबरको सहयोग गरेको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

गत मे ०६ र ०७, २०२२ मा सम्मपन्न अन्तराष्ट्रिय झापाली समाजको तेश्रो महाधिवेशनबाट अध्यक्ष: दिपक प्रसाद ओली (इजरायल), ब. उपाध्यक्ष: मुकुन्द ढुंगाना (अमेरिका), उपाध्यक्ष: महेन्द्र चम्लागाई (कतार), उपाध्यक्ष: दिपक चुडाल(अस्ट्रेलिया), महासचिब: नगेन्द्र प्रसाद पोख्रेल, नविन(कतार), सचिब: अजय राजबंसी(अस्ट्रेलिया), क्षेत्रिय संयोजक क्रमसः प्रदिप तिम्सिना (अमेरिका), चुडामणि कार्की (कतार, मध्यपूर्व), उमेश पोख्रेल (ओसनिया, अस्ट्रेलिया), ललित न्यौपाने (युके, युरोप), क्षेत्रिय सह संयोजक: प्रसन्ना तिम्सिना (अमेरिका), सदस्यहरु: तुलशी प्रसाद शिवाकोटी (जर्मनी), रबिन गिरि (साउदी अरेबिया), अर्क राज तिम्सिना (युके), चनिलाल राजबंशी (कतार) निर्वाचित भएका थिए भने बाकी रहेका पदहरु कार्यसमितिको बैठकबाट आज पुर्णता गरिएको महासचिब नगेन्द्र प्रसाद पोख्रेलले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय