
नेपाल कम्युनिष्ट पार्टी( बहुमत) झापाको विशेष जिल्ला भेला सुरु ।
नेकपा( बहुमत)का पुर्वी ब्युरो इन्चार्ज क. निर्मल, ९औं राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्यहरु क. नरेश/ क. प्रवीण/ क. निश्चल , अखिल ( क्रान्तिकारी)का सचिवालय सदस्य क. देहज विष्ट लगायतका अतिथिहरुको उपस्थिति र जेष्ठ सदस्य क. झुरेन्द्र पाण्डेको अध्यक्षतामा सुरु, संसदीय संसोधनवादका विरुद्ध क्रान्तिकारी झण्डा फहराउने उद्घघोष ।

भेलामा क. निर्मल ले नेकपाको मुल नेतृत्वमा
संघर्षको कोणबाट आत्मसुरक्षावाद
संगठनको कोणबाट निषेधात्मक अधिभुतवाद
सैद्धान्तिक कोणवाट सारसंग्रहवाद
आर्थिक कोणबाट जुझारुअर्थवाद
राजनैतिक कोणवाट संसदीय संसोधनवाद को समस्या देखिएको ले संसदीय संसोधनबाद बिरुद्ध क्रान्तिकारीको झण्डा उठाउनु बाध्यता भएको वताउनु भयो ।
भेलामा ९औं महाधिवेशन आयोजक समितिका सदस्यहरु नरेश/ प्रवीण / निश्चल लगायतले बिषय राखेका थिए।
जितु तामाङले संचालन गरेको उक्त भेलाको अध्यक्षता जेष्ठ सदस्य झुरेन्द्र पाण्डे र स्वागत कमल सहनि ले गरेका थिए।
भेलाले जितु तामाङको संयोजकत्वमा १५ सदस्यीय जिल्ला संम्मेलन आयोजक समिति निर्माण गर्नुका साथै मंसिर भित्र जिल्ला सम्मेलन गर्ने निर्णय समेत गरेको छ ।