इटलीलाई हराउँदै अर्जेन्टिनाले ‘फाइनलसिमा’ सन् २०२२ को उपाधि जितेको छ ।

वेम्बली मैदानमा गएराति भएको खेलमा इटलीलाई ३–० गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो। अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक एक गोल गरे ।खेलको २८ औँ मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

कप्तान लिओनल मेस्सीले उत्कृष्ट प्रदर्शन गरे । उनले दुई असिस्ट गरे । फाइनलसिमामा युरोकप च्याम्पियन र कोपा अमेरिका च्याम्पियनबीच प्रतिस्पर्धा हुनेगर्छ । इटली युरोकप च्याम्पियन हो भने अर्जेन्टिना कोपा च्याम्पियन हो ।

फुटबल विकासका लागि फरक देश, महादेश र संस्कृतिलाई एक ठाउँमा ल्याउन खेल भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय